Thursday , August 24 2017
Breaking News

केरा अर्यालले ‘ल्याए आलु पाँडे गाइजात्रा २०७४’ (भिडियो सहित)

यो बर्ष पनि सधैको वर्ष जस्तै विभिन्न किसिमका गाइजात्राहरु बजारमा भित्रिएका छन् । पछिल्लो समय यु–ट्युबमा चर्चामा रहेको ओके नेपाल अन लाइन टिभीले विभिन्न प्रकारका भिडियो प्रस्तुत गर्ने क्रममा गाइजात्रा पनि ल्याएको छ । केरा अर्याल उर्फ केशब राज अर्यालले ओके नेपाल अनलाइन टि.भी मार्फत आलु पाँडे गाइजात्रा २०७४ प्रस्तुत गरेका छन् । आलुपाँडे गाइजात्रा २०७४ मा उनले राजनिति देखि लिएर थुप्रै क्षेत्रलाई व्याङ्ग्य प्रहार गरेका छन् । स्थानिय चुनावको नतिजा देखि विग्रेको बाटो साथै कोटाको व्यवस्थाले गर्दा सापकोटा, देवकोटा र बासकोटा लगायतलाई मार परेको कुरा समेत उनले गाइजात्रामा समावेश गरेका छन् । त्यसैगरि रेल चड्ने र मेलाम्चीको पानी खाने रहर सपनामा मात्र पुरा हुने भो भन्दै व्याङ्ग्य प्रहार गरेका छन् । साथै एस.एल.सि. मा आएको ग्रेड सिस्टम र आउदै गरेका नारीहरुको महान पर्व तिजको विषयमा पनि व्याङ्ग्य प्रहार गरेका छन् । हेरौ केराको आलु पाँडे गाइजात्रा २०७४ मा कसरी व्याङ्ग्य प्रहार गरिएको छ त ।
(भिडियो हेर्नुहोस्)

Leave a Reply