Sunday , October 22 2017
Breaking News

हाँस्य कलाकार भिरखोइरेले खोले फिल्म Baby I love Youले गरेको अन्यायको रहस्य (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेका हास्य कलाकार सुरज भिरखोइरेले विहे देखि फिल्म baby i love you ले गरेको अन्यायको रहस्य खोलेका छन् । ओके नेपालको प्रस्तुती छुच्ची नानी शो. मा छुच्ची नानी संग कुरा गर्दै थुप्रै रहस्य खोलेका छन् । यो वर्ष भित्रै आफ्नो बिहे हुने कुरा समेत छुच्ची नानी शो. मार्फत नै आफ्ना श्रोता दर्शकलाई जानकारी गराए । साथै फिल्म baby i love you ले आफुले दिएको गितमा आफ्नो नाम संगै अरु दुइ जनाको नाम समेत राखेर अन्याय गरेको र त्यस विषयमा धेरै मिडियाहरुलाई जानकारी गराउँदा पनि आफुलाई न्याय दिनको लागि कसैले सहयोग नगरेको गुनासो समेत उनले पोखे । कलाकारीता संगै आफु कृषि पेषामा पनि आवद्ध भएको हुनाले आफुले गरेको कृषि पेषाबाट धेरै जना प्रभावित भएको समेत उनले बताए । कुराकानीको क्रममा भिरखोइरे पहिलो पटक दोहोरी गाएको हो भन्दै छुच्ची नानी संग दोहोरी पनि गाएका थिए भने धेरै जसो सबै प्रश्नको उत्तर मुक्तक बाट दिएका थिए । हेरौ भिरखोइरेले मुक्तक बाटै छुच्ची नानीलाई कसरी जवाफ दिए त ?
(भिडिया हेर्नुहोस्)

 

Leave a Reply