Friday , October 20 2017
Breaking News

सुरु भयो पोखरामा बिमानस्थलको काम, के गर्दान् रोक्न खोज्नेहरु ? (भिडियो)

२०७३ वैशाख १ गते तामझामका साथ शिलन्यास भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य शिलन्यास भएको १६ महिना पछी काम सुरु भएको छ । राष्ट्रिय गौरवको रुपमा रहेको आयोजना तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्धी पुष्पकमल दाहाल, नेपाली काँग्रेसका महामन्त्री सशांक कोइराला, राप्रपाका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले संयूक्तरुपमा विमानस्थल निमार्णका लागि शिलन्यास गरेका थिए ।
शिलन्याश्को लामो समय बितिसक्दा पनि निर्माणको कामले गतिलिन नसकेको भन्दै चौथर्फी दबाब बडेको बेला बुधवार पर्यटन मन्त्री जितेन्द्र देवले कामको सुरुवात गरेका छन् । ठेकेदार कम्पनी सिएमसीइले गरेको निर्माणको कामलाई औपचारीकता दिएका हुन् । सन् २०१७ जुलाई ११ बाट सुरु भएको बिमन्स्थलको काम सन् २०२१ जुलाई १० सम्ममा चिनिया ठेकेदार कम्पनी सिएमसीइले सम्पन्न गरीसक्नुपर्ने छ ।
विमानस्थल निमार्णकालागि सरकारले २२ अर्व ऋण बाहेक साढे तीन अर्व रुपैयाँ जग्गा मुअव्जा दिइसकेको, सिभिल कन्स्ट्रक्सन, प्रोजेक्ट डिजाइन, विमानस्थ वरिपरि रिङरोड निमार्णका लागि छुट्याएको एक अर्वको बजेट सहित करिव पाँच अर्व ऋण बाहेकको लगानी भइसकेको छ । विमानस्थल निमार्णका क्रममा सुरक्षा प्रदान गर्न अहिले नेपाल आर्मीले सुरक्षा समेत दिएको छ । पर्यटन मन्त्री जितेन्द्र देबले बिमान्स्थल निर्माण तोकेको समयमा सम्पन्न गर्न कुनै पनि कसर बाँकी नराख्ने र पर्यटन बिकासको लागि बिमान्स्थलसहित अरु पूर्वधार बिकासमा अगाडि बड्ने बताए ।
४० बर्ष देखि प्रतिक्षा गरेको अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण सुरु भईसकेको र यो बिमन्स्थलको निर्माण समयमा सम्पन्न गर्न चिनिया सरकार र नेपाल सरकार दुबैको समान दाइत्व भएकाले निर्माणमा कुनैपनी ढिलासुस्ती नहुने र तोकेकै मितिमा निर्माण सम्पन्न हुनेमा आफु ढुक्क भएको बिकास समितिका सभापति रबिन्द्र अधिकारीले बताए । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई दिँदैछ । त्यही पैसा सरकारले प्राधिकरणलाई दिने हो । पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो ।।
बिमानस्थलको निर्माण सुरु भय पनि अन्तराष्ट्रिय हावाइ रुट, बिमान कम्पनी सँगको सहमति लगायतका बिशय अझै बाँकी रहेका छन तर बिमान्स्थल निर्माण अबधी भर ति सबै बिशएलाई अन्तिम रुप दिएर निर्माण सम्पन्न भएर सीएएमसीईले बिमान्स्थल हस्तानतरण गर्ने बित्तिकै पोखरा बाट अन्तराष्ट्रिय उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिब गौतमले जानकारी दिए ।पोखरमा ठूलो बिमानस्थल काम छैन, यस्मा लगानी नगरौं भनेर बिभिन्न भाषण गर्दै हिड्नेहरु अब के गर्लान ? सामाजिक संजालमा गोहिका आशु चुहाउदै स्टासस हाल्नेहरु पत्रि सक्रिय छन् । पोखरामा बिमानस्थल चाहिदैन भनेर पहिला नभन्ने अनि शिलन्यास भयो बन्ने पक्का पक्की भएपछि बिभिन्न सामाजिक संजलामार्फत बिरोध गर्नेहरुले अबका दिनमा कस्तो बिरोधध गर्दान के भन्लान् त्यो भने हेर्न बाकि नै छ ।

Leave a Reply