Monday , October 23 2017
Breaking News

रबिले खाय कसम : अपराधी र राष्ट्रद्रोहीहरुलाई आकाश,पाताल जहाँबाट भए पनि खोजेर कठोर सजाय दिलाउने रविको प्रण

संसारकै टेलिभिजन इतिहासमा सर्वाधिक लामो समयको टिभी शो संचालन गरेर गिनिजबुक अफ वर्ल्ड रेकर्ड कायम गर्दै नेपाल र नेपालीको नाम विश्वमै उच्च राख्न सफल भएका पत्रकार रबि लामिछान प्रस्तोता रहेको कार्यक्रम सिधाकुरा जनतासंगले आज १०० औ गौरवशाली भागमा प्रवेश गरेको छ ।

यो १०० भाग सम्म आउदा सिधाकुरा जनतासंगप्रति देश बिदेशमा रहेको नेपाली नागरिक लगायत नेपालसंग जोडिएका बिदेशीहरु पनि न्यायको आशा राखेर यो कार्यक्रम आउन थालेको सवैल देखेका छौ ।

 

अब कति सम्म भनिन थालेको छ भन्ने ”न्याय नपाए अब अदालत होइन रविको सिधाकुरा जनतासंगको शोमा पो जानु पर्छ” , ”जुन ठाउँमा रबि(सूर्य) र कबि पुग्दैन त्यहाँ रबि लामिछाने र उनको टिम सिधाकुरा जनतासंग पुग्छ” , ”जब रबि उदायो तब यो देशका राष्ट्र द्रोहीहरुलाई ठाडो पुच्छर लगाएर खेदायो” अर्थात् भनौ रविको सिधाकुराको नै सिंगो नेपाली नागरिकको आत्माको आवाज बनिन सफल भएको छ यो कार्यक्रम ।

बिशेषत बैदेशिक रोजगारीको ठगीमा परेका र दलाल तस्करको फन्दामा परेर खाडी लगायत देशहरुमा नारकीय जीवन भोग्न विवस नेपाली चेलीहरुको उद्धारमा रबिसहित सिधाकुराको टिमले देखाएको पहल अति नै प्रसंसनिय छ ।

हरेक नेपालीको धड्कन बनिन सफल भएको सिधाकुरामा ९९ भागसम्म यो कार्यक्रमले पाएको सफलताको कथा ब्यथाहरुलाई समेटिएको छ जहाँ यो कार्यक्रमको माध्यमबाट न्याय पाएका केहि मानिसहरु पनि सहभागी छन् र उनीहरुले रविको टिमको प्रसंसा गर्दै यो कार्यक्रमको निरन्तरताको मंगल कामना गरेका छन् ।

न्याय पाएका ब्यक्तिहरुले पहिलो पल्ट सिधाकुरामा आउदाको भिडियो दृश्यले कसको मनलाई पो छुदैन होला ,अनि कसको आँखाबाट आँशु आउदैन होला तर ति आँशुहरु पुछ्न सफल कसरी सफल भयो सिधाकुरा हेर्नुस आजसम्म गरिएको कामकारबाहीको दमदार प्रस्तुति साथमा रविको नयाँ बेजोड प्रतिबद्धता र कठोर प्रतिज्ञा पनि ।

यो कार्यक्रम जति लोकप्रिय हुदै छ यसका शुभचिन्तकहरुलाई एउटा कुराले चिन्ता पनि थपेको छ कि अपराधीहरुको बिरुद्ध रविको यो लडाईले कहिलेसम्म निरन्तरता पाउने हो किनकी कुनै एक भागमा रविको कमजोरीहरु खोजिन थालेको कुरा स्वयम रविले बताएका छन् ।

गायक रामकृष्ण ढकाल पनि आजबाट सिधाकुरामा जोडिएका छन्

सिधाकुरा जनतासंगको १०० औ भागबाट चर्चित गीतकार तथा संगीतकार भिम विराग र प्रख्यात गायक रामकृष्ण ढकाल पनि आजबाट यो चर्चित कार्यक्रममा यसरी जोडिनु पुगेका छन् । भिम विरागका शब्द/संगित र रामकृष्ण ढकालको स्वरमा रहेको यो कालजयी गित ”कहाँ बिसाउ पाउ” कार्यक्रमका लागि थिम गितको स्वरुपमा प्रशारण हुने छ । कार्यक्रमका मर्मस्पर्शी दृश्यहरु समावेश भएको यो गीतले तपाइंको भित्री मनलाई हलाइदिने छ ।

ढकालले सिधा कुरा जस्तो नेपाली टेलिभिजनको इतिहासमा एउटा काम लाग्ने जनताको कार्यक्रममा आफुले आवाज भर्ना पाउँदा धरै खुशी भएको बताएका छन् । ढकालको कलाकारिता र लामिछानेको पत्रकारिताको सिधा कुराको १०० भागको यो संयोजनले सायद तपाइंलाई एक पटक धुरु-धुरु नरुवाई छाड्दैन ।

यसरी शुरु भएको थियो रविको सिधाकुरा जनतासंग

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालोमै नेपाल टेलिभिजनबाट प्रसारण हुन् तयारी गरिएको ”सिधाकुरा प्रधानमन्त्रीसंग” भन्ने कार्यक्रम कोइराला सरकार पछि तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालोमा शुरु भएको हो र यसको पहिलो अथिति पनि तत्कालिन प्रधानमन्त्री ओली नै हुन् पुगे । र ओली सरकार रहुन्जेलसम्म ”सिधाकुरा प्रधानमन्त्रीसंग”ले पनि बेजोड सफलता पाएको थियो तर ओली सरकारको बहिगर्मन र प्रचण्ड सरकारको आगमनसंगै नेपाल टिभीबाट रबि लामिछानेलाई पनि निकालियो र ”सिधाकुरा प्रधानमन्त्रीसंग” अर्कै प्रस्तोताले चलाए तर रविले चलाएको जस्तो लोकप्रिय हुन् सकेन ।

नेपाल टेलिभिजनबाट निकालिए पछि रबि लामिछानेले एउटा नयाँ अबधारणा ल्याएर जनताको समस्यालाई सिधै प्रसारण गर्ने भन्दै “सिधाकुरा जनतासंग” शुरु गरे अनि क्रमशः जनताको समस्यालाई देखाउदै सकेको न्याय पनि दिलाउने रबिको टिमको पहलले चाडै लोकप्रिय भयो र अहिले नेपाली जनताको ढुकढुकी नै भएको छ यो कार्यक्रम । आजको १०० औ गौरवशाली भागको सुअवसरमा पिडित जनताको आवाजको आत्माको प्रतिनिधित्व गर्ने रबि लामिछाने सहित सिधाकुरा जनतासंगको सिंगो टिमलाई नै पानाखबर हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।

१०० भागबारे रबि लामिछाने यसो भन्छन

टेलिभिजनमा नयाँ इतिहास रच्दै सिधाकुरा जनतासंग १०० भागमा प्रवेश,पीडितहरु न्युज २४ को स्टुडियोमा  ”आज म बोल्दिन, केही बोल्दिन। मनबाट बनाईएको यो कार्यक्रम आफै बोलोस्, चिच्चयाई चिच्चयाई बोलोस्। घाँटीको नशा फुलाएर बोलोस्। १०० भाग विशेष- सिधाकुरा जनतासँग Part 1 र part 2 हेर्न र Share गर्न अनुरोध गर्छु।”

भाग १

 

Leave a Reply