Sunday , October 22 2017
Breaking News

‘सेक्स’ सम्बन्ध बलियो र पवित्र बनाउने चिज हो: नम्रता सापकोटा [ भिडियो कुराकानी ]

नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल नम्रता सापकोटाले नेपाली चलचित्र, म्युजिक भिडियो लगायत तीजका थुप्रै गीतमा काम गरिसकेकी छिन । नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट अझै बढि परिचित भएकी थिइन । मिलनसार स्वभावकि नम्रता साथीहरुमाझमा असल साथीको रुपमा चिनिन्छिन। चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त रहने नम्रता हाल फिल्म ‘समर लभ’ को वर्क शपमा व्यस्त छिन ।

पिएनपिखबरले लिएको अन्तर्वार्तामा सेक्सको बारेमा बोल्दै नम्रता भन्छिन, ‘सम्बन्धलाई बलियो बनाउने चिज नै सेक्स हो। ‘ उनले पछिल्लो समयमा गायक प्रमोद खरेलको ‘चल बतास’ बोलको गीतमा भीमफेदी गाइजसँगको काम रोमान्चक भएको बताइन।

नम्रता आफुले गरेको कामबाट सन्तुष्ट रहेको र जिन्दगीमा आफुले सोचेको काम गर्न पाएकोले खुशी रहेको बताउँछिन् । उनले सानोसानो कुरामा नअल्झी खुशी भएर जिउनु नै जीवनको स्वर्गीय आनन्द रहेको बताइन ।

थप हेर्नुस भिडियोमा:

Leave a Reply