Sunday , October 22 2017
Breaking News

युरोपका चर्चित गायक तुलसी सिवाकोटीको ‘इन्टरनेटले‘ के के गर्यो हेर्नुहोस भिडियो

स्कटनेपाल ३१ जुलाई, २०१७ : स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका नेपाली चर्चित गायक तुलसी सिवाकोटीको ‘इन्टरनेटले’ भन्ने म्युजिक भिडियो सार्बजनिक भएको छ.. यसभन्दा अगाडी ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका वोलको गितलाई लाखौ श्रोताले अत्याधिक मन पराएका छन भने यतिवेला ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलको गित बजारमा आएको छ र गितले तुलसीको उचाई अझ थप्ने देखिन्.

बिगत लामो समय देखि यूरोपको स्पेनमा बसोबास गर्नु हुने यूरोपको चिरपरिचित गायक हुन् तुलसी सिवाकोटी ! युरोप को निकै चर्चित गायक युरोप मा मात्र नभएर बिस्वमा रहने नेपाली माझ निकै चर्चित नाम बनेको छ अहिले / अहिले सम्म १६,१७ वटा देसमा सांगीतिक प्रस्तुति दिसक्नु भएका गायक ले नेपाली फिल्म मा समेत पार्स्वा गायनको रुपमा नेपाली चलचित्र फिक्का बाट सुरुवात गर्दै हुनुहुञ्छ! संगीत जिबन हो र यसबाट टाडा बस्न नसक्ने र निरन्तर रुपमा अगाडी बढ्ने गायक सिवाकोटीलाई थप उर्जा आफ्नो दर्सक र सुभचिन्तक हरुबाट प्राप्त भएको बताउनु हुन्छा !! दोस्रो अल्बम तयारीमा रहेका गायक चाडै नै विभिन्न खालको गित हरु लिएर आउने बताउनु भाको छ
हेरौ भिडियो

Leave a Reply