Wednesday , October 18 2017
Breaking News

“कृपया तपाईहरु नेपाल नफर्कनुस” एउटा ट्याक्सी ड्राइभरको मार्मिक अनुरोध – हेर्नुहोस भिडियो

पुर्णलाल मोक्तान पेशाले ट्याक्सी ड्राइभर हुन् । बिगतमा ५ वर्ष भन्दा बढी समय बिदेशमा रही काम गरेर नेपाल फर्किएका उनी नेपालको समसामयिक अवस्था देखेर चिन्तित छन ।

पिएनपिखबरले ट्याक्सी चालकसँग लिएको अन्तर्वार्तामा इमान्दारीपुर्वक काम गर्ने हो भने यो व्यवसायबाट दैनिक २५००/ ३००० कमाई हुने उनले बताए। उनि जिम्मेवार नागरिकको हिसाबले रातको समयमा भेटिने ग्राहक खासगरी महिलाहरुले रक्सिले मातेर आउदा भाडा तिर्न पैसा नभएको अवस्थामा उच्छ्रिंखल प्रस्ताब गरेतापनि आफुले त्यसलाई नकार्ने गरेको बताउछन । उनले यो पेशालाई मर्यादित बनाउन चालक र ग्राहकले सभ्य भाषा बोलि सम्मानित तवरले अघि बढ्नु पर्ने बताए।

देशका ठुला भनौदा नेताहरुले बिदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा नै रोजगारीको अवसर दिने बाचा गरेकोले आफ्नै मातृभूमिमा केहि गरौ भन्ने मनशायले नेपाल फर्केको बताउदै उनले नेपालका नेताहरुको प्रबित्ति र बेथितिले गर्दा नेपाली हुनुमा गर्व गर्न पनि हिच्किचाउनु पर्ने स्थिति रहेको बताए । बैदेशिक रोजगारीको लागि गएका नेपालीहरुलाई नेताहरुको झुटो आश्वशनको पछाडी लगेर नेपाल नफर्किन आग्रह गर्दै एउटा ट्याक्सी स्टेसन समेत दिन नसक्ने सम्बन्धित निकाय प्रति आक्रोशित बने ।

नेपालका ट्याक्सी व्यवसायी संघ एनजीओको भरमा डलरको खेति गर्न तम्सिएको बताउदै संघले आफुहरुलाई बेवास्ता गरेको उनले बताए ।

Leave a Reply