Sunday , August 20 2017
Breaking News

आयो नेपाल आइडल जस्तै अर्को सिंगिङ्ग रियालिटी शो ‘कुल नेपाल’ (भिडियो)

यतिबेला देशै भरि नेपाल आइडलको चर्चा भईरहेको छ । जता ततै नेपाल आइडलको चर्चा भएको यो बेला आइडलमा भाग लिएका प्रतिस्पर्धी देखि लिएर जर्जहरु सम्म सबैको चर्चा संगै आलोचना पनि भएको पाइन्छ । सामाजिक संजालहरु जस्तै फेसबुक, टुइटर लगायतका विभिन्न संजालहरुमा व्याङ्ग्य गरेको हामी देख्न सक्छौ । विशेष गरि नेपाल आइडलमा जर्जहरुले गरेको कमेन्टको विषयमा पनि निकै आलोचना भइरहेको छ । समाजिक संजालमा मात्र नभएर यो विषयमा विभिन्न पत्रपत्रिकाहरुमा पनि टिका–टिप्पनीहरु नआएका होइनन् । (भिडियो हेर्नुहोस्) त्यसै गरि नेपाल आइडलमा जर्जहरुबाट आउने को गित ठिकै हो तर ड्रेसअप भएन, अलि मेकअप पुगेन साथै तपाईको गितले मेरो मन सम्म छोयो मुटु छोएन जस्ता कमेन्टहरुले अलि समय त सामाजिक संजाल नै भरिएको थियो अर्थात कमेन्टको विषयले सामाजिक संजालमा राम्रै बजार लिएको थियो भन्दा फरक नपर्ला । नेपाल आइडलको यहि विषयलाई व्याङ्ग्य गर्दै ओके नेपाल यु–ट्युव च्यानलले कुल नेपाल सिंगिङ्ग शो शिर्षकमा एउटा सामग्री तयार पारेको छ । भिडियोमा नेपाल आइडलको विषयमा भइरहेको आलोचना सम्बन्धी केही कुराहरु समावेश गरिएको छ ।

Leave a Reply