Friday , December 15 2017
Breaking News

नेपाल आईडलमा सन्ध्याको बोली रोकीए संगै सबैका आखा रसाए (भिडियो सहित)

सबैलाई एउटै बिषयको चिन्ता हुन्छ, आज नेपाल आईडलबाट को बाहिरिन्छ, कतै मैले भोट गरेको मेरो फेबरेट कन्टेस्टेन्ट त आउट हुदैन । अन्तः सबैको प्रतिक्षालाई चिर्दै टप नाईन बाट एटमा जान नपाउनेमा सन्ध्या जोसी परिन् । अथक मेहनतबाट पुगेको ठाउ छोड्न पर्दा कस्को मन नरोला ? नेपाल आईडलमा टप नाईन सम्म आएर टप एटमा पर्न नसके पनि सन्ध्याले मनलाई भावुक बनाउदै मन्च छाड्ने कोशिस गरिन् । टप एट को लागि भएको इलिमिनेट राउण्डमा सन्ध्यालाई नेपाल आईडलको स्टेजमा देख्न नपाइृने गरी बिदाई गरेको छ । आफूले यो ठाउमा आएर धेरैनै सिक्ने मौका पाएको र सबैले सिकाएको स्मरण गर्दै सन्ध्याले ले आफू नेपाल आईडलबाट बाहिरीएपनि संगीतिक क्षेत्रमा भने रहिरहने बताईन । बिभिन्न चारणमा बटम थ्रीमा पर्ने गरेकी सन्ध्या यो पल्ट भने टप एटमा आउनै नपाई बिदा भईन् । आउट हुने प्रतियोगीहरुको नाम एनाउन्स गर्दा सबै चिन्तीत र भावुक समेत बने तर आउट हुन्वाली सन्ध्याको मन पनि भाबुकता झल्कीयो । उनको गला अबरुद्ध भयो, अबरुद्ध गलालाई खुलाउदै उनेले लामो समय संगै बसेको र धेरैलाई आउदा दिनमा मिस गर्ने बताईन् ।

Leave a Reply

%d bloggers like this: