Sunday , November 19 2017
Breaking News

“भाईलाई चिठ्ठी”

“भाईलाई चिठ्ठी”
मेरो प्यारो भाई यसपाली रक्षाबन्धनमा मेरो डिउटी गर्ने पालो पर्यो त्यसैले तिमिलाई राखी बान्न आउन पाईन तर त्यो राखीको डोरो भन्दा बलीयो छ हामी दीदी भाई बिचको नाताको डोरो। मेरो प्यारो भाई म यतिखेर अस्पतालमा मर्निङ डिउटी गरीरहेकी छु यहाँ रोगले छटपटाई रहेका तिम्रै उमेरको बिरामीको उपचार गर्दैछु भाई म तर मन भित्रबाटै तिम्रो लामु आयुको कामना गर्दैछु।उसको हातमा ब्यान्डेज बान्दैछु तर म तिम्रो हातमा राखी बाधेको अनुभव गरिरहेको छु।उसलाई औषधी खुवाउदा पनि तिमिलाई मिस्ठान्न भोजन आफ्नै हातले खुवाई रहेको कल्पना गर्दैछु।बीरामीलाई औषधी खाने तरिका बताउदै र के के हुदा अस्पताल आउनु जानकारी गराउदै गर्दा तिमिलाईनै सम्झाइ रहेको याद आईरहेको छ।भाई तिमिलाई पनि नराम्रो लागी रहेको होला आजको दिन पनि दिदि आइन भनेर पिर नगर भाई। म तिमि जस्ता धेरै भाईहरुलाई आज उनीहरुको घाउमा मलम पट्टि गरीरहेकी छु र टिन एजमा हुनसक्ने दुर्घटनाको बारेमा सरसल्ला दिई रहेकी छु।हाम्री आमा जस्तै आमाहरुलाई अक्सिजन लगाई रहेकी छु, बुबाको उमेरको बिरामीलाई सुई दिइ रहेकी छु, दिदिको उमेरको लाई प्रसूति सेवा दिइरहेकी छु, बहीनिको उमेरकोलाई यौन शिक्षा दिइरहेको। हाम्रो घर जस्तो अस्पताललाई सरसफाई गरी रहेकी छु।अब त म बानी परिसकेछु भाई सबै चाडबाड म अस्पतालमै रमाउन थालेकी छु तर भाई मेरो रिटायर लाईफमाचै म पक्कै परिवार सगै बसेर चाडबाड मनाउने छु भाई त्यस बेला सम्ममा मेरो परिवारलाई भगवानले रक्षा गरुन भन्ने कामना गरिरहेकि छु

तिमिलाई धेरै माया गर्ने दिदि
” देबी “(छोटी)

Leave a Reply