Tuesday , August 22 2017
Breaking News

आजको राशिफल (२०७४ श्रावण १३ गते शुक्रबार/२०१७ जुलाई २८)

ज्योतिष कृष्णप्रसाद कोइराला

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।
शुभरङ्ग ः छिर्केमिर्के बुट्टे
शुभअङ्क ः २
शुभदिशा ः दक्षिण
इष्टदेवता ः गणेश
अशुभ रङ्ग ः सुन्तले÷गुलाबी
अशुभ अङ्क ः १
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या ः ०८
के गर्ने ः खानपानमा नियन्त्रण
के नगर्ने ः आवेग, घमण्ड र क्रोध

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक जीवन सन्तोषप्रद रहने छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कल्पना, भावना र प्रेमिल वातावरणको उदय हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा सामीप्यता बढ्ने छ ।
शुभरङ्ग ः गाढा हरियो
शुभअङ्क ः ५
शुभदिशा ः पूर्व
इष्टदेवता ः सूर्यदेव
अशुभ रङ्ग ः कालो
अशुभ अङ्क ः ३
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या ः ०७
के गर्ने ः छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने
के नगर्ने ः अल्छी र अकर्मण्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
संयम हुँदै धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भएको जाति हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना पनि छ । बन्दव्यापारमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ । दूरदराज वा विदेशमा भएका आफन्तजनसँग भने भलाकुसारी गर्न पाइने छ ।
शुभरङ्ग ः गाढा रातो
शुभअङ्क ः ८
शुभदिशा ः उत्तर
इष्टदेवता ः शिवर्पावती
अशुभ रङ्ग ः गाढा नीलो
अशुभ अङ्क ः २
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने ः गोपनीयता भङ्ग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।
शुभरङ्ग ः गाढा हरियो
शुभअङ्क ः ७
शुभदिशा ः पश्चिम
इष्टदेवता ः हनुमान्
अशुभ रङ्ग ः गुलाबी वा सिन्दूरे
अशुभ अङ्क ः १
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या ः ०८
के गर्ने ः बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने ः साथीभाइको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।
शुभरङ्ग ः सेतो वा उज्यालो
शुभअङ्क ः ६
शुभदिशा ः दक्षिण
इष्टदेवता ः लक्ष्मी माता
अशुभ रङ्ग ः पहेंलो
अशुभ अङ्क ः ९
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने ः बोलीवचनमा कडापन

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
शुभरङ्ग ः हलुका रातो
शुभअङ्क ः ५
शुभदिशा ः पूर्व
इष्टदेवता ः गणेश
अशुभ रङ्ग ः हरियो
अशुभ अङ्क ः ८
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या ः १०
के गर्ने ः मन उत्ताउलो नबनाउने
के नगर्ने ः हतारमा निर्णय

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके÷ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।
शुभरङ्ग ः गाढा पहेंलो वा बुट्टे
शुभअङ्क ः ८
शुभदिशा ः उत्तर
इष्टदेवता ः कालभैरव
अशुभ रङ्ग ः हरियो÷चम्किलो
अशुभ अङ्क ः ७
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या ः १९
के गर्ने ः दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने ः याचकको अपमान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।
शुभरङ्ग ः सेतो वा घिउरङ
शुभअङ्क ः ७
शुभदिशा ः पश्चिम
इष्टदेवता ः शिवजी
अशुभ रङ्ग ः घिउरङ्ग÷क्रिम
अशुभ अङ्क ः ६
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या ः २३
के गर्ने ः रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने ः अनावश्यक नियन्त्रण र निर्देशन

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।
शुभरङ्ग ः नीलो
शुभअङ्क ः ६
शुभदिशा ः दक्षिण
इष्टदेवता ः भोलेशङ्कर
अशुभ रङ्ग ः कलेजी
अशुभ अङ्क ः ५
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या ः २३
के गर्ने ः श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने ः उदासीनता÷नैराश्यता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।
शुभरङ्ग ः बैजनी वा पहेंलो
शुभअङ्क ः १
शुभदिशा ः पूर्व
इष्टदेवता ः विष्णु
अशुभ रङ्ग ः चम्किलो÷उज्यालो
अशुभ अङ्क ः ४
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या ः १९
के गर्ने ः कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने ः बृद्धबृद्धा र असहायको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विभिन्न समस्याहरू झेल्ने समय छ । त्यसैले आज लडाइँ, झगडा र वादविवादमा आकर्षित नभएको जाति हुन्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, खर्च गर्दा होस राख्नुपर्छ । उता घरपरिवार र कार्यक्षेत्रमा पनि राम्रो छैन । गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । आज धन, धर्म र भाग्यमा कमी हुने दिन हो ।
शुभरङ्ग ः ध्वाँसे
शुभअङ्क ः ४
शुभदिशा ः उत्तर
इष्टदेवता ः सङ्कटा देवी
अशुभ रङ्ग ः हरियो
अशुभ अङ्क ः ३
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या ः १०
के गर्ने ः नैराश्यभाव त्याग गर्ने
के नगर्ने ः तीव्रगति र हडबड

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो छ ।
शुभरङ्ग ः सुन्तले
शुभअङ्क ः ३
शुभदिशा ः पश्चिम
इष्टदेवता ः विष्णुलक्ष्मी
अशुभ रङ्ग ः पहेंलो
अशुभ अङ्क ः २
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने ः परिवारको बेवास्ता

(द्रष्टव्य ः आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply