Wednesday , December 13 2017
Breaking News

नायक निखिल बाट फुत्कियो चलचित्र रुद्रको गोप्य कथा (भिडियोमा हेर्नुहोला )

झापा । एक्सन नायकको परिचय बनाएका अभिनेता निखिल उप्रेती नयाँ फिल्म ‘रुद्र’ बाट नयाँ रुपमा देखा पर्दैछन्।यो चलचित्रमा भने निखिल नायकको रुपमा देखिने छैनन् । पर्दामा आफू भिलेन अवतारमा देखिन लागेको निखिलले बताए ।एक्सन र माया प्रेम जानरामा बन्न लागेको फिल्ममा भिलेन रोलमा खेलेका निखिलले यसअघि आफूलाई भिलेनको भूमिका अफर नआएको बताए।

फिल्मका निर्माता समेत रहेका निखिलले फिल्मबारे भने, ‘प्रेमकथा रहेको फिल्ममा एक्सन रहेको छ। हामीले यो फिल्मको एक्सनमा नयाँ प्रयोग गर्दैछौं।’चलचित्रमा रामजी लामिछानेको निर्देशन छ । निर्देशनमा असफल भएपछि रामजी कोरियोग्राफीमा व्यस्त बनेका थिए, जो यो विधामा सफल पनि देखिए ।

एक अंतर्बर्तामा निखिलले हामीलाई रुद्रको अर्थ बताएका छन् । उनि भन्छन रुद्र भिलेन हो तर हामीले अहिले सम्म हेर्दै आएका भिलेन जस्तो हैन ।
केटीलाई कित्न्याप गर्ने ,मर्ने ,जिस्काउने त्यो तरिकाको भिलेन हैन रुद्र । निखिल भन्छन मैले राम्रो टिम बनाउन सकेको छैन म अझै राम्रो टिमको खोजीमा छु ।

Leave a Reply

%d bloggers like this: