Tuesday , August 22 2017
Breaking News

नेपाल आइडलमा पैसा को खेल , ५०,००० के का लागि ?

नेपाल आइडलमा पैसा को खेल , ५०,००० के का लागि ?

नेपाल आइडलको चर्चा अहिले एकदम चुलिएको छ | भोटिंग राउण्ड चलिरहेंको आइडल मा आफुलाई मन पर्ने प्रतिस्पर्दी लाइ भोट गरेर जिताउने अवसर पनि पाएका छन् जनताले | अधिकांसले यसलाई राम्रो हो भनेका छन् भने अधिकांसले भोटिंग राउण्ड पैसा को आडमा जित्ने माध्यमको संज्ञा दिएका छन् | टप १८ बाट भोटिंग राउण्ड सुरु हुदै गर्दा राम्रो गाउने र स्तरिय प्रतियोगी बाहिरिएको गुनासो धेरैले गरेका छन् |

वाइल्ड कार्ड इन्ट्री कसले पाउछ भन्ने जिज्ञासा एतिबेला समाप्त भएको छ किनकि नेपाल आइडलका निर्देशक लक्ष्मन पौडेलले वाइल्ड कार्ड इन्ट्री कोइ पनि नहुने बताएका छन् | तर कुरा भोटिंग को रहेको छ | सामान्य हिसाबले एउटा प्रतियोगी को १ लाख को हाराहारी मा भोट आउने गरेको स्रोतको दाबी छ | त्यो भोट हरेक एपिसोड मा खस्ने भोट हो | आफै अनुमान लगाउन सकिन्छ १८ प्रतिस्पर्दी को १ लाख को दर ले भोट आउदा प्रति भोट ६ रुपिया को दर ले कति हुन्छ भने | यसरी पैसा को ठुलो चलखेल हुने नेपाल आइडलमा भर्खरै ५०,००० को चर्चा चलेको यो समयमा कसले लियो त्यो पैसा ?

नेपाल आइडलमा टप टेनमा पर्न सफल धादिंगक बुद्ध लामालाई विजेता बनाउन अमेरिकाबाट सहयोग प्राप्त भएको छ । बुद्ध लामाको गायन मन पराएर उनलाई नेपाल आइडल विजेता बनाउन ५१ हजार १ सय २१ रुपैया प्राप्त भएको हो ।
पोखरा घर भई हाल अमेरिकाको न्युयोर्क बस्दै आएका रविन गुरुङ र मव्जु गुरुङले पठाएको उक्त रकम शुक्रबार बुद्ध लामाकी दिदी आचल लामालाई हस्तान्तरण गरिएको छ । उक्त रकम मन्जुका भाई मिलन गुरुङले एस टु प्रडक्सनको कार्यालयमा हस्तान्तरण गरेका थिए । पुरा भिडिओ हेर्नुहोस |

Leave a Reply