Saturday , October 21 2017
Breaking News

अहिले सम्म ‘छक्का पन्जा’को गीत, १ नम्बर ट्रेन्डिङमा : २० लाख भ्यूज नागी सके (हेर्नुस् भिडियो)

आमा सरस्वती मुभिजको पस्तुती रहेको चलचित्र ‘छक्का पन्जा-२’को ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै धेरै पटक हेरिएको छ । चलचित्र ‘छक्का पन्जा-२’को ‘ए दाजु नसमाउ नाडीमा’ गीतले ३ दिनमा १३ लाख भ्युज पाउन सफल भएको छ ।

सामाजीक संजालमा यस गीतलाई दर्शकले मिश्रित प्रतिक्रिया दीदै ‘नाइलनको साडी’ खोजेको भएता पनि युटुबमा भने गीतको भ्यूज आक्रामक तरिकाले बढिरहेको र आज पनी यस गीत ‘१ नम्बर ट्रेन्डिङ’ मै रहन सफल भएको छ ।

दीपक राज गिरी र प्रिन्सको शब्द रहेको गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको आवाज रहेको छ, भने उक्त गीतमा प्रिन्स र अल्मोडाको संगीत रहेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दीपकराज गिरीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् । असोज ११ गतेबाट अल नेपाल प्रर्दशनमा आउने चलचित्र ‘६क्का पन्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, बुद्वि तामाङ्ग, जितु नेपाल, केदार घिमिरे लगायत अन्य कलाकारहरुको मूख्य अभिनय रहेको छ ।
(सम्बादपोस्टको सहयोगमा)

Leave a Reply