Friday , December 15 2017
Breaking News

”धरान बजार सररर” नेपाल भरि सार्बजनिक (हेर्नुहोस भिडियो)

मोफसलका उदयमान गायक गोबिन्द लिम्बुको धरान बजार सररर बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गितलाई पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरीको युट्युव च्यानल पूर्वाञ्चल म्युजिक मार्फत सार्वजनिक गरिएको हो।
धनकुटा जिल्लाका रमणीय ठाउँहरु भेडेटार, नाम्जे, डाँडाबजार, ध्वजे डाँडा, लाप्चेटारको बरको रुख, राजारानी ताल, तम्मर नदि, धनकुटाको चुलिबन, हिले, धनकुटा बजार, लगायतका क्षेत्रमा छायांकन गरिएको गीतमा निकै सम्भावना बोकेकी मोडल सबिना याख्खा र चन्द्र तामांले बेजोड अभिनय गरेका छन्।
कुन्दन राईले एरेन्ज गरेको गीतमा पदम पालुंवाको शब्द, रुद्र श्रेष्ठको संगितमा सझियाको छ । पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरीमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन द,बज् क्रियसनका रिकेश बज्राचार्यले गुर्नभएको छ। म्युजिक भिडियोलाई अर्जुन क्षेत्रीले निर्देशन गर्नुभएको हो।

हेर्नुहोस भिडियो :-

Leave a Reply

%d bloggers like this: