Wednesday , January 24 2018
Breaking News

आज १२ बर्ष भयो हजुरले भनेको मलाई यसरी मिल्यो… मधु राई संग माताजी को लाइव भिडियो

स्कटनेपाल लन्डन, २४ जुलाई २०१७ : अलौकिक शक्ति माता सबिता सरु शर्मा आचार्य जी भन्नु हुन्छ : १२ वर्ष अगाडीको मेरो साहित्यिक साथि मधु राई सँग आज भेट भयो ऊहालाई धेरै धन्यबाद हजुर सम्झना गरेर आऊनु भकोमा अनि मलाई एऊटा कुरा पनि सम्झाऊनु भयो मेरो ऑफैले लेखेको मॉयालु गजल (कति धेरै सम्झनाको तरेलीमॉ आएऊ तिमी
निदाईन रातै भरी परेलीमॉ आएऊ तिमी)भन्ने मॉयालु पनको यो सानो टिप्स खुसी लाग्यो हजुर मिस गर्नु भो खुसी छु।
यो पनि पुरा पढ्नु होला > ऋषिमुनिको अवधारणा
वेदले ईश्वर उपासनाको दुई स्वरुप वर्णन गरेको पाइन्छ – एक साकार ,अर्को निराकार | निराकारवादीले साकार उपासना या मूर्ति पूजाको विरोध गर्दछन | उनीहरुले ” न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः ” अधकल्चो श्लोक उल्लेख गर्दछन ( यजुर्वेद ३२ -३ ) ‘ | उनीहरु के कुरो बिचार्दैनन भने हाम्रा ऋषिमुनिहरुले ती दुवै उपासना पद्धतिको प्रयोग हाम्रो बौद्धिक स्तरको अनुकूलता बुझेर चलाएका हुन | जुन व्यक्तिको बौद्धिक स्तर जति उच्च हुन्छ उसले त्यस्तै उपासना पद्धति अङ्गाल्न सक्छ।उत्तम श्रेणीको भक्तकोलागि निराकार स्वरुप उपयुक्त हुन सक्ला तर मध्यम श्रेणीको बौद्धिक स्तर भएकाहरुलाई निराकार ईश्वरको उपासना गर भन्यौं भने,त्यो बर्गले क्यै लाभ पाउन सक्तैन किनभने उसको अन्तःचेतनाले ईश्वरको वास्तविक निराकार तत्व बुझ्न सक्तैन | त्यहिकुरो निर्बल बौद्धिक स्तरको व्यक्तिलाई भन्यौं भने त्यस व्यक्तिको बुद्धिको स्तरले ईश्वरको अस्तित्वनै स्विकार्न सक्तैन | सामान्य बौद्धिक स्तर भएका मान्छेले अध्यात्मको सूक्ष्म तत्वमा ध्यान केन्द्रित गर्न नसक्ने हुनाले मानव मनोविज्ञान ज्ञाता ऋषि महर्षिहरुले मूर्ति पूजाको परम्परा चलाएका हुन् | यसको पछाडि त्यै मूर्तिको माध्यमले ती मान्छेहरुले ईश्वरको अनन्त साकार स्वरुप आफ्ना अगाडी देख्न सकोस र आफु भित्र निराकार ब्रह्मको मानसचित्र कोर्न सकोस | देउताको प्रतिमा अघि उभ्भिदा व्यक्तिले जुन दिब्य गुण सम्पन्न ईश्वरलाई कल्पना गरी पाउन चाहान्छ अथवा जुन गुण तिनले आफुमा विकसित गर्न चाहान्छन त्यो मूर्तिमा पाउँछ | उसले ध्यान गरेर आफ्नो अन्तःचेतनामा राखी त्यो मूर्तिमा एकाकार हुनपुग्छ | उसको ध्यान परिपक्व अवस्थामा पुगेपछि उसले देउताको चारित्रमा त्यहीकुरा मात्र देख्छ जसको माध्यमले त्यस व्यक्तिको आत्मिक स्तर विकसित हुन् गई प्रत्येक प्राणिमा आफ्ना आराध्यलाई भेट्न सक्तछ | मान्छेको उपासना स्तर स्थूलबाट सूक्ष्म भएपछि मात्र त्यो व्यक्ति निराकार तत्वको उपासनाकोलागि योग्य हुने गर्दछ , किनभने व्यक्तिको बौद्धिक स्तरमै उर्जाको विकास रहस्य आधारित रहेको हुन्छ |
मनोबैज्ञानिकहरुको धारणा
पाश्चात्य मनोवैज्ञानिक वुडवर्नको भनाईमा मूर्तिको महत्व प्रतीकात्मक हो र यसको प्रभाव विषेशतः ती मान्छेको चेतनामा पर्दछ जसले मानसिक रुपमा ईश्वरको कल्पना र प्रयोग गर्न जानेका हुन्नन् अर्थात मानसिक स्तर पर्याप्त रूपमा विकसित नभएका व्यक्तिहरु यसबाट पूर्ण लाभान्वित हुन सक्तछन | मनोवैज्ञानिक नाइटले आफ्नो कृति “सिम्बलिकल ल्याँग्वेज अफ एनषियेण्ट आर्ट एण्ड म्याथोलोजी ” मा जनाएका छन् दैवीसत्य, मूर्तिमा लुकेको हुन्छ,कल्पित आख्यानहरुमा व्यक्त गरिएको हुन्छ | यसले निर्बल मानवीय गुणलाई समयानुकूल राख्न मद्दत गर्दछ | सामान्य मानसिक स्तर भएका व्यक्तिहरुकोलागि प्रार्थना व पूजागर्दा दृश्य चित्र या प्रतिमा नभई हुन्न।। (माताजी को फेसबुक बाट साभार गरिएको)

Leave a Reply

%d bloggers like this: