Monday , December 11 2017
Breaking News

रुपन्देहीको मर्चवारमा कूटपीट पश्चात प्रेमीलाई ज्यान मार्ने धम्की : पुरा भिडियो सहित

महेश बोहरा,
स्कटनेपाल बुटवल, २४ जुलाई २०१७ : गैह्र जाति सँग प्रेम गरेको आरोपमा रुपन्देहीको मर्चवारमा निर्घात कूटपीट प्रकरणमा पे्रमिकाको आफन्त बाट प्रेमी दिनेशलोधलाई ज्यान मार्ने धम्की दिईएको छ । रुपन्देहीको समरीमाई गाँउपालिका वडा नं. ६ बेलौहा निवासी अन्दाजी २२ बर्षीय दिनेश लोधलाई पे्रमिका पक्ष बाट निर्घात कूटपीट पश्चात ज्यान मार्ने धम्की दिइएको हो । आफूलाई निर्घात कूटपीट गर्ने ईन्नर अहिर मात्र लाई प्रहरीहिरासतमा राखी ज्यान मुद्दा चलाए पछि फरार हुने अन्य ब्यक्तिहरुबाट ज्यान माथि खतरा रहेको प्रेमी लोधले बताए । उनले गाउ समाज अगाडी आफूलाई निर्घात कूटपीट गरि फरार रहेका प्रेमिकाका दाजु समरीमाई गाँउपालिका ६ डिहुली बस्ने १८ बर्षीय दिनेश यादव,माईला बुआ ५५ बर्षीय लालमोहन अहिर,निजको श्रीमती प्रभावती अहिर,दयानन्द यादव,मुन्नर कुर्मी र पशुपति कोईरीले ज्यान मार्ने पटकपटक धम्की दिईरहेको उनीहरुलाई हुदा पक्राउ गरि जीउज्यानको संरक्षणका लागि माँग समेत गरेका छन ।
छोरा दिनेशलोधलाई प्रहरीले आफनो संरक्षणमा राख्ने जिम्मा लगाए पनि फरार रहेका घटनामा संलग्न ती ब्यक्तिहरु जुनसुकै बेला अर्को घटना गर्न सक्ने चेतावनी दिदै हिडीरहेकाले तत्काल पक्राउ गरि कार्यवाही प्रक्रिया अघि बढाउन काका राजुलोधलेआग्रह गरेका छन । उनले बलजफती केटी पक्षलाई तिर्न लगाईएको रकम प्रचलित कानून बमोजिम फिर्ता गराउन सरोकारवालाहरु सँग पहल गरिदिनका लागि माँग पनि गरेका छन । सो सम्बन्धमा रुपन्देही प्रहरी प्रबक्ता डीएसपी बेलबहादुर गौतमले केटीका बाबू ईन्नर अहिर लाई प्रहरी हिरासतमा राखी ६ जना ज्यान माथि मुद्दा प्रक्रिया अघि बढाईएकाले बाँकी फरार रहेका सबै जनालाई केही दिनमै प्रहरी समातेर कार्यवाही प्रक्रिया अघि बढाउनुका साथै युवती मीना यादवलाई माईती नेपालको संरक्षणमा राखी दिनेशलोधलाई निजकोकाका राजुलोधको जिम्मा लागाईएको जानकारी गराएका छन । लोध थरको युवक सँग प्रेम सम्बन्ध गाँसेको आरोपमा युवतीका बाबू ईन्नर अहिर सहित ६ जना ब्यक्तिहरु प्रेमीप्रेमिका लाई निर्घात कूटपीट पश्चात लोधको बिबाहित श्रीमती भएको कारण केटी भित्रयाउन नमाने पछि जरिवाना स्वरुप ईलाका प्रहरी कार्यालय बिचौवापुर समक्ष एकलाख रुपैया तिर्न लगाएको भीडियो सार्बजनिक पश्चात गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि निर्घात कूटपीट प्रकरणमा सक्रियता अपनाएको छ ।

Leave a Reply

%d bloggers like this: