Monday , December 11 2017
Breaking News

कयौँ खतरनाक रोगका लागि लाभदायक अम्बा : जानकारी सहित

काठमाडौँ । फलफूलमध्ये अम्बालार्इ धेरै लाभदायक मानिन्छ । यो धेरै स्वादिलो पनि हुन्छ । यसभित्र साना साना अनगिन्ती बीउ हुन्छन् । अम्बा नेपालका बजारमा पनि सजिलै मिल्ने फल हो ।

मानिसहरू घरैमा पनि यसको बिरूवा लगाउँछन् । विशेष गरेर बेँसी र गर्मी स्थानमा यो धेरै फल्ने गर्छ । यो फल धेरैतिर पाइने भएकाले धेरेजसो मानिसहरूले यसबाट स्वास्थ्यमा हुने फाइदाबारे पत्तो पनि पाएका छैनन् ।

आयुर्वेदका डा. सत्य प्रकाश मिश्रका अनुसार अम्बाको अम्बा चिसो फल हो । यो फल खानाले पेटका धेरै रोग पनि निको हुन्छन् ।
अम्बा खाँदा कब्जियतको समस्या समाप्त हुन्छ भने यसको बीउ खाँदा पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । अम्बामा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । यसले धेरै रोगका लागि फाइदाजनक मानिन्छ ।

१. अम्बालार्इ कालो नुनसँग खाँदा खानाको पाचनसम्बन्धी समस्या भाग्छ । पाचन प्रक्रियाका लागि यो एकदमै राम्रो फल हो ।

२. यदि बच्चाको पेटमा जुका पर्यो भने अम्बा खाँदा उनका लागि धेरै फाइदाजनक हुन्छ ।

३. अम्बाको पातलार्इ पिसेर त्यसलार्इ आँखाको मुनि लगाउँदा कालो दाग र सुन्निएको पनि घट्छ ।

४. यदि कब्जियतको समस्या छ भने बिहान खाली पेटमा खाएमा धेरै फाइदाजनक मानिन्छ ।

५. मुखबाट दुर्गन्ध आएको छ भने अम्बाको कलिलो पात चपाउँदा तपार्इँका लागि फाइदाजनक हुन्छ । यसका अलावा पातलार्इ चपाउँदा दाँतको दुखार्इ पनि घटेर जान्छ ।

६. पित्तको समस्या छ भने उनीहरूका लागि अम्बाको सेवन गर्नु धेरै फाइदाजनक मानिन्छ ।

Leave a Reply

%d bloggers like this: