Monday , October 23 2017
Breaking News

छुच्ची नानीको प्रश्नले निस्कियो भागीरथको पसिना (भिडियो)

22 जुलाई काठमाडौं ,-यो स्वार्थी संसारमा कसलाई सोध्ने होला भन्ने गित बाट चर्चित लोक तथा दोहोरी गायकको स्थानमा आफुलाई स्थापित गराउन सफल चर्चित लोक तथा दोहारी गायक भागिरथ चलाउनेलाई छुच्ची नानीले प्रश्न गरेरै पसिना निकाली दिएकी थिइन् ।
आके नेपालको प्रस्तुती छुच्ची नानी शो. मा कुरा गर्दै कार्यक्रमको शुरुवातमै भागीरथ ले भने मलाई आफ्नै साइनो पर्नेहरुले पनि अंकल भनेको मन पर्दैन तपाईले त अंकल भनेर मेरो छातीको देब्रे पाटोमै हान्नु भयो भन्दै जिस्किएका थिए । साथै कुराकानी कै क्रममा थुप्रै गितहरु पनि गाएर सुनाए । त्यसैगरि भागिरथले छुच्ची नानीलाई दोहोरी गाउन सिकाउदै दोहोरी मै म संग माया लाउछौ र भन्दै दोहोरी पनि गाएका थिए ।
गित संगितको क्षेत्रमा आफुले परिश्रम गरे अनुसार सफलता मिलेको र खुसी भएको बताउदै अझै धेरै दर्शक श्रोताको माया कमाउनु छ भन्ने कुरा समेत उल्लेख गरेका थिए । गित संगित कै विषयमा भागिरथ संग गरिएको कुराकानी तलको भिडियोमा रहेको छ ।

Leave a Reply