Friday , December 15 2017
Breaking News

फेसबुकबाट झुक्याएर ५५ लाख झ्वाम

दशरथ घिमिरे
अमेरीकी डरलको लोभमा परेर लाखौं रुपैयाँ ठगीएको घटनाले यतीवेला लमही तताएको छ । सामाजिक क्षेत्रमा देखीएका परिवारकोसदस्यनै यसरी ठगीएपछी सवैले चासोको रुपमा लिएका छन् । देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष सनम कुमार पौडेलकी श्रीमती सुजाता केसी पौडेल १.७ मिलियन डलर(१७ करोड ५० लाख नेपाली रुपैयाँ)को लोभमा पर्दा लाखौँ रकम गुमाउन पुगेको रहस्य बाहिर आएको हो ।

लमही नगरपालिका वडा नं. ५ कि सुजाता केसी पौडेलले अमेरिकाबाट आएको भनिएको १.७ मिलयिन डलरको लोभमा परेर ५५ लाख ८५ हजार रुपियाँ गुमाउन पुगेकोप्रहरीले जनाएको छ । तर, केसीले यतीधेरै रकम लक्ष्मी विकास बैंक र आईएमी मार्फत वुझाउदा सम्म परिवारका कुनैपनि सदस्यलाई जानकारी नभएको केसीका श्रीमान सनम पौडेलले जानकारी दिनुभयो ।

‘चुनाव पछी यस विषयमा लमहीका एक जना भाईवाट जानकारी पाएँ, त्यसपछी शंखा लागेर सिधै काठमाण्डौं आएर उजुरी दिएका हौं, प्रहरीले ठगी कार्यमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरीसकेको छ’पौडेलले जानकरी दिदै भन्नुभयो–‘प्रहरीले कारवाही अघि वढाईसकेको छ, म अहीले काठमाण्डौंमै छु ।’ सुजाताले यतीधेरै रकम कहाँवाट जुटाउनु भयो ? यसको उत्तर खोज्दा लमही बजारका ब्यापारी, वित्तिय संघ संस्थावाट ऋण काडेको पत्ता लागेको छ । १५ दिन भित्र ५५ लाख ८५ हजार रकम बैंक तथा आईएमी मार्फत वुझाएको वुझीएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले ललितपुर जिल्ला निवासी पुरन घर्ती मगर भन्ने सुमन लामा, मकवानपुर जिल्ला हेटौँडा ६ घर भई हाल लाजिम्पाट बस्ने रवि थोकर र ललितपुरको धोवीघाट बस्ने दिनेश बस्नेतलाई पक्राउ गरेको छ । यो तीन जनाको समूहले बेलायती नागरिक भएको भनेर सुजाता केसी पौडेलसँग एक वर्षदेखि ‘फेसबुक’ र ‘ह्वाट्स एप’बाट सम्पर्कमा रहँदै आएका थिए ।

कुराकानी हुँदै गर्दा तीन जनाको समूहले केही दिन पश्चात भारतीय मोवाइलबाट सुजाता केसी पौडेललाई फोन गरी ‘तिम्रो नाममा बैंक अफ अमेरीकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियम अनुसार कर तिर्नु पर्ने भयो’ भनेर ठूलो रकम माग गरेको थियो ।

उनीहरूले जगदीश आचार्य तथा पुरन घर्तीमगरको खाताबाट र रामकुमार शेर्पा, सञ्जीव महर्जन समेतको नामबाट आईएमईमार्फत पैसा पठाउन सकिने भन्दै सुजाता केसी पौडेललाई विश्वासमा लिएको थियो । त्यसपछि सुजाता केसी पौडेलले ५५ लाख ८५ हजार रकम आईएमई गरेर पठाएको प्रहरी भनाइ छ ।

आफू ठगिएको थाहा पाएपछि सुजाता केसी पौडेलले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले उनीहरूलाई बैंकको चेक तथा एटिएम कार्डसहित विभिन्न स्थानहरूबाट पक्राउ गरेको नयाँ युगबोध दैनिकमा समाचार छ ।

Leave a Reply

%d bloggers like this: