Saturday , December 16 2017
Breaking News

३ दृष्टिबिहीन परीवारले पाए घर (भिडियो सहित हेर्नुहोस)

सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ स्थित गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहीन परिवारका लागि बनाइएको घर बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

जिग्री(पाँडे प्रतिष्ठान र सामाजिक अभियन्ता रमेश प्रसाद साहले गम्हरिया प्रवाहाका दृष्टिबिहीन परिवारका लागि तीन कोठे घर निर्माण गरेको थियो । ३० लाख रुपैयाँको लागतमा शम्भु मण्डलसहितका दृष्टिबिहीनका लागि घर निर्माण गरिएको छ ।

घरको रिबन काटेर सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल र कलाकार सिताराम कट्टेल धुर्मुसले घर उद्घाटन गरे । उक्त घरको ताला र चाबी दृष्टिबिहीन परिवारका प्रमुख व्यक्ति शम्भु मण्डललाई उनीहरुले हस्तान्तरण गरे ।

दृष्टिबिहीन परिवारको घर हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै बक्ताहरुले जिग्री(पाँडे प्रतिष्ठान र सामाजिक अभियन्ता साहले गरेको कामको प्रशंसा गरेका थिए ।

Leave a Reply

%d bloggers like this: