Friday , October 20 2017
Breaking News

टाठ्ठी भएर के गर्नु कामी को छोरी रैछे

२१ जुलाई काठमाडौं , नेपालमा पटक पटकको आन्दोलन र राजनितिक परिबर्तन पश्चात हामी अहिले गणतन्त्र नेपालका सार्बभौमसत्ता सम्पन्न जनता बनेका छौ । नेपालमा पटक पटक गरि धेरै पटक संविधान पनि बन्यो र संविधानमा दलित अधिकारलाइ प्राथमिकतामा पनि राखियो । तर अझै पनि कानुन त बद्लियो कतिपय मानिसको सोच बद्लिन सकेको छैन । दलितलाइ हेर्नी नजर सोच नबद्लिय सम्म देशको चौतर्फी बिकास पनि हुन सक्दैन । अझ यो सोचाइ अन्यमा मात्र नभएर दलितहरु आफैले पनि आफ्नो जात थरमा गर्व गर्न नसक्नु अर्को कमजोरी हो भन्छिन रुपा सुनार । उनै रुपा सुनारको भोगाइ अनुभव समेटेर तयार पारिएको भिडियो अहिले आएको छ । कानुन कागजमा अधिकार हुनु दिइनु भन्दा सोचाइमा आउने परिबर्तन बास्तवकै परिबर्तन हो भन्नी धारणा लेखकको रहेको छ ।समाजको सोचाइ, चालचलन,मनोबिज्ञान आदिले बाल मस्तिष्कमा धेरैनै असर गर्छ । सबै तवरले समान रहेका मानव जातीमै पनि किन सोचाइकै कारणले कसैले कसैको भेदभाव सहनु पर्नी भएको होला । भिडियो हेर्न यहाँ जानूहोला

Leave a Reply