Friday , October 20 2017
Breaking News

पंगेनीले झूटो बिज्ञप्ति निकाले, जुवाको खालबाटै पक्रेको हो – प्रहरीको दावी

काठमाडौं, साउन ४ । मंगलबार राती महाराजगञ्जस्थित एक घरको जुवाको खालबाट रंगेहात पक्राउ परेका गायक पंगेनीले आफू नपक्रिएको भन्दै झुटो विज्ञप्ती निकालेका छन् ।

पंगेनीको विज्ञप्ती शतप्रतिशत झुटो रहेको प्रहरीले जनाएको छ । गल्ती सुधारेर अगामी दिनमा त्यस्तो सचेत हुनुपर्ने ठाउँमा झुटो विज्ञप्ती निकालेर आफ्नो कर्तुत ढाकछोप गरेर
भ्रम र्सजना गर्न खोज्नु दुःखद भएको प्रहरीले जनाएको छ ।

‘उनी बकाइदा पक्राउ परेका हुन् । पक्राउ नपरेको भए कसरी प्रहरी हिरासतमा आउँछन् ? पक्राउ परेको व्यक्ति, म पक्राउ परेको होइन भन्दै मिडियाबाजी गर्दै डिँड्छ भने त्यस्तालाई कारबाही हुन्छ’ महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीले बताए ।

जुवातास खलेर होहल्ला गर्नेलाई पक्राउ गरेको हो । गायक पंगेनी प्रहरीले पक्रिएको बेला गायक थिएनन् । एक जुवाडेको रुपमा प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको हो ।’

होहल्ला गरेको उजुरी परेपछि प्रहरीले छापामार्दा उनीसहित ११ जना युवा पक्राउ परेका हुन् ।

गायक पंगेनीले भनेका छन, ‘मंगलबार साँझ केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ’ ।

एभरेस्ट दैनिक 

Leave a Reply