Monday , August 21 2017
Breaking News

यो अन्यायपूर्ण घटनामा चुपचाप बसेर अपराधीलाई साथ दिने त्यो समाज नै यो पापको भागिदार हो: रवि लामिछाने

आजको कार्यक्रम हेर्नु भन्दापनि शेयर गर्न जरुरी छ। के थाहा तपाईंले शेयर गर्नाले कति मानिस ठगीबाट बच्ने छन् !

म्युजियममा राख्नु पर्ने मन्त्रि र कर्मचारीहरु हुदासम्म नेपाल कहिले पनि सम्बृद्धि नहुने भो भन्दै रविले पनि हरेस खादै यस्तो कुरा गरे ।

आफ्नी छोरी, बहिनि अनि आफन्तको अनुहार सम्झिनु भन्दै रबिले खोतले बलत्कार पछि गाउँबाटै निकालिएकी बालिका यस्तो पीडादायी करुण ब्यथा

नेपाली सेनाका केहि उच्च अधिकारीहरुबाट भएको यो भ्रष्टाचार काण्डले नेपाली सेनाको प्रतिष्ठामा आंच पुर्याएको छ , अब यो अन्यायमा पारिएकाहरुलाई न्याय दिलाउन नेपाली सेनाआफै अघि बढ्नु पर्छ नत्र सेनाप्रति जनताको बिश्वास टुट्न सक्छ ।

सिधाकुराको पहलमा साउदीबाट उद्धार गरिएका १७ नेपाली युवाहरुको पिडा यस्तो छ कि सुनेर मनमुटले ठाउँ नै छोड्छ , एक मुठी श्वास बचाएर स्वदेश फर्किन सफल भएकोमा रबि लामिछानेको टिमलाई यसरी धन्यबाद ब्यक्त गरे ।

गाउँनिकाला भएकी ११ वर्षीया गर्भवती न्याय खोज्दै

जबरजस्ती करणी गरेको बारेमा केटा पक्षले स्वीकारे पनि केटीको बुवा नेवार र आमा दलित समुदायको भएकाले केटा पक्षकाले दलितकी छोरी नभित्र्याउने चेतावनी दियो । केटीलाई गाउँ नबस्न धम्की दियो । यसमा केटीको पक्षमा रहेर न त महिला तथा बालअधिकारकर्मीले बोल्न सके न त प्रहरीले नै कानुनी दायरामा ल्याउन सके । असार १६ गते गर्भवती भएको पत्ता लागेकी उनी गाउँनिकाला भइन् ।

‘गाउँको डरधम्कीकै कारण छोरीलाई घरमा राख्न सकेनौ,’उनका बुबाले भने । गाउँनिकाला भएकी उनलाई केटाले नै धरान पुर्‍यायो । तर बोलचाल भएन । ३ दिन पछि केटा गायब भए । ‘धरान मैले कैले देखेको थिइनँ, उसले लिएर गयो, एउटा कोठामा दुईवटा खाट थियो, हामी बोलेनौ, खाना खाने बेला बोलाउँथ्यो, त्यसदिन बिहान हिँडेको ऊ अबेलासम्म नआएपछि म बाहिर निस्किएँ,’ उनले भनिन् ।

बिचल्लीमा परेकी उनी एकजना महिलाको सम्पर्कमा आइन् । कामविशेषले धरान गएका बालिकाका मामामाइजुलाई ती महिलाले सम्पर्क गराएपछि केही सहारा त जुट्यो । तर गाउँ फर्कने अवस्था रहेन । मामामाइजु महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आए । अधिकृत पुष्पलता उप्रेतीले बालिकालाई लिएर आउन आग्रह गरेपछि न्याय खोज्दै मंगलबार भाञ्जी लिएर सदरमुकाम आइपुगेका छन् ।

उनका मामामाइजुको पनि अन्तरजातीय विवाह भएको हो । ‘आमा दलित भएकै कारण हाम्री भाञ्जी बिचल्लीमा परेकी छन्, केटा पक्षले मात्रै होइन समाजले नै गाउँनिकाला गरिदियो, अन्यायमा परेका हामीलाई न्याय दिलाइनुपर्‍यो,’ केटा पक्षलाई कानुनी कठघरामा ल्याउन पर्ने मामाले भने । पीडितलाई न्याय र पिडकलाई सजाय हुनुपर्ने उनकी माइजु र बुबा बताउँछन् ।

माइतीपक्ष आर्थिक तथा सामाजिक रुपमा पछाडि परेकै कारण केटाले बलात्कार गरेर उनको जीवनमाथि खेलबाड गरेकाे दाबी उनको छ । उनी केटासँग बस्ने पक्षमा छैनन् । पढाईलाई निरन्तरता दिने उनको एउटै लक्ष्य रहेको सुनाइन् । सँगै चुनौती पनि छ । उनी आमा बन्न लागेकी छन् ।

केटा बेखबर छ । केटापक्षले गाउँमा आतंक मच्याएका छन् । उनलाई गाउँमा बस्ने वातावरण छैन । उनका बुवाआमा डरधम्की सहेर बस्न बाध्य छन् । ‘बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छौं, उनलाई गाउँमा बस्ने वातावरण नभइसकेपछि र उनको पढाई पूरा गर्ने चाहना पूरा गर्न सहयोगी संस्थाहरुसँग सम्पर्कमा आएका छौं,’ महिला तथा बालबालिका अधिकृत उप्रेतीले भनिन्, ‘केटाले केटीलाई बलात्कार गरेको सप्रमाण प्रस्ट छ, पिडकलाई कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरीसहित केटीपक्ष पठाइएको छ ।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी काजीकुमार आचार्यले उजुरी लिइसकेका छन् । आचार्यले उजुरीमाथि अनुसन्धान गरेर चाँडै कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । कान्तिपुरबाट

Leave a Reply