Tuesday , September 26 2017
Breaking News

भगवान महादेव प्रकट हुन्छन बोलबममा। भिडियो सहित

पोखरामा साउनको हरेक सोमबार पोखराको केदारेश्वर महादेव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर तथा अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा घुइचो लाग्ने गर्छ । त्यस्तै बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका बस्ने गर्छन।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा उलेख्य भक्तहरुको उपस्थिति रहने गरेको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

बोलबम साउन को हरेक सोमबार शिव को आराधना गरि मनाउने गरिन्छ । त्यस्तै सोमबार चोखो खाना खाने उपबास बस्ने र शिव भगवान लाइ सम्झिनाले मन मा शान्ति मिल्ने , धन लाभ हुने र पति पत्नी मा सुखद सम्बन्ध हुने कुरामा भक्तजन बिश्वस्थ रहने गरेको भक्तजनहरु बताउछन ।

आज साउन महिनाको पहिलो सोमबार : भगवान शिवको पूजा आराधना गरी मनाईदै : पोखरामा बोलबम यात्रा : साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ आज बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।विशेषगरी महिलाहरुले साउन महिनामा हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्दछन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । तसर्थ पनि साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।यसैबीच आजदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । पोखराको सेतिनदि गाईघाट, केदारेश्वर, विन्दावासीनी, काठमाडौको पशुपति र चितवनको देवघाट लगायतका पवित्र स्थलहरुमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् बोलबम धामको रुपमा परिचित केदारेश्वर महादेवमणि मन्दिरमा विहानै देखी भक्तजनहरुले जल चढाईरहेका छन् । मन्दिर व्यवस्थापनका अनुसार उनिहरुले विहानैदेखी पुजाआजालाई जारी राखेका छन् । बोलबमको ध्वनीले, शान्ति पाउन साराले’ भन्ने मूलमन्त्रका साथ गाईघाट देखी मन्दिर सम्म बोलबम यात्रा सुरु गरिएको छ भने, उक्त यात्रामा हजारौ भक्तजनहरुले एक सहभागीता जनाईरहेका छन् । भक्तजनले बगरस्थित गाईघाटबाट सेतीको जल उठाई करिब ८ किलो मिटर पैदलयात्रा गरी केदारेश्वरमा जलार्पण गर्नेछन् १०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य भएको जानकारवालाहरुले तर्क गरेका छन्

Leave a Reply