Tuesday , September 26 2017
Breaking News

बेलायतमा खुल्यो गोर्खा १८१६ रेस्टुरेन्ट – यसरी भयो ओपेनिंग उद्घाटन भिडियो सहित !!

स्याण्डवेलको वेन्ड्सवरीमा खुल्यो गोर्खा १८१६
लण्डन । वेस्ट मिडल्याण्डको स्याण्डवेलस्थित वेन्ड्सवरीमा एक नयां नेपाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा लामो अनुभव संगालेका ३ नेपालीहरुको एक समुहले गोर्खा १८१६ नामको रेष्टुरेन्ट सुरु गरेको हो ।
अप्रिल २४ देखि सञ्चालनमा आएको रेष्टुरेन्टका सञ्चालक क्षेत्र थापा, ढकेन्द्र थापा र राम अधिकारी हुन् ।

उनीहरुसंग झण्डै दुई दशकदेखि नेपाल, दुबई, अमेरिका तथा बेलायतका विभिन्न प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टमा काम गरेको अनुभव छ ।

रेष्टुरेन्टका एक सञ्चालक तथा म्यानेजर क्षेत्र थापाले नेपाल बेलायत कुटनीतिक सम्बन्ध तथा बेलायतका लागि गोर्खाहरुको योगदानको कदर गर्दै रेष्टुरेन्टको नाम नै गोर्खा १८१६ राखिएको बताए ।

रेष्टुरेन्टमा मुख्यगरी नेपाली तथा इण्डियन र इंग्लिस खानाका समेत गरी कुल ८० परिकार उपलब्ध छन् । मम, छोइला र खसीको झोल जस्ता परिकारहरुमा रेष्टुरेन्टले ग्राहकहरुलाई विशिष्ट र मौलिक स्वाद पस्किने गरेको सञ्चालक थापाले बताए ।

झण्डै १ लाख पाउण्डको लगानीमा सुरु गरिएको रेष्टुरेन्टमा १ सय १० ग्राहक अट्ने क्षमता छ ।

(नेपालीपत्रको सहयोगमा)

Leave a Reply