Tuesday , September 26 2017
Breaking News

कुशल गुरुङ हङकङ पुलिसमा

गत १२ अगस्त २०१६ मा हङकङ पुलिसको छनौटमा परेका कुशल गुरुङले सफलातापूर्वक ६ महिनाको तालीम सकेर विधिवत रूपमा आज सपथ लिएका छन् । एबरडिन स्थित पुलिस एकेडेमीमा आज हङकङ पुलिसकाे बर्दी लगाई हङकङ पुलिस फोर्समा पाईला टेक्ने दाेस्राे नेपाली युवा भएका छन् । स्मरण रहोस, गत बर्ष २०१५मा मात्रै स्याङ्जाका निरज गुरुङ पहिलो हङकङ पुलिस फार्समा भर्ना भएका थिए। गण्डकी अञ्चल कास्की, सात मुहाने देउराली गाबिस-८ पूर्ख्यौली घर बाबा मिन बहादुर गुरुङ र अामा बिष्णु माया गुरुङका ज्येष्ठ सुपुत्र २१ बर्षिय कुशल गुरुङले सन अाईल्याण्ड किन्डर गार्टेनबाट नर्सरी तह, डेलिया मेमोरियल स्कूलबाट प्राथमिक र माध्यमिक तहको पढाई पूरा गरे र माध्यमिक तहको पढाई अध्ययनको सिलसिलामा हिमालय परियोजना युनलोंग (Project HIMALAYA Yuen long District) ले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा सहभागीता हुंदै सोही परियोजनाकै मार्ग निर्देशनमा हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएका हुन।

Leave a Reply