Tuesday , September 26 2017
Breaking News

मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । स्मरण रहोस् मेनुका दृष्टिविहिन हुन्

काठमाडौं– रियालीटी सो नेपाल आइडलबाट एक सशक्त प्रतिभा मेनुका पौडेल बाहिरिएकी छिन् । शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।

प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ, निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् । सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक सञ्जालमा सही प्रतिभा छनोट हुन नसकेको भनि टिप्पणी समेत भइरहेका छन् ।

मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । स्मरण रहोस् मेनुका दृष्टिविहिन हुन् ।

मेनुका पौडेलले नेपाल आइडलको स्टेज छोड्दै को भिडियो हेर्नु येहा थिच्नु होला :

यो भिडियो पनि हेर्नुहोस कति मार्मिक छ
निलमणीको भजनमा सि पि मैनाली देखि, रुक्मांगद कटवालले समेत ताली बजाए – Nilmani Bhandari Live program

Leave a Reply