Friday , August 18 2017
Breaking News

महानगरमा माग्नेहरुको बिगबिगी

सचिन रानाभाट
पोखरा ३०, असार, माग्नेहरु पनि आजकल बिभिन्न बहाना गरेर माग्न थालेका छन् , कोही नमस्कार गरेर, कोही कागज लिएर, कोही टिका लगाउदै, त कोही खुटटा ढोग गरेर । कांचको गिलास बिक्री गर्ने बहानमा नेपाल छिरेका भारतिय मुलका मान्छेका संगै ससाना बच्चाहरु यतिबेला पोखराको मुख्य बजारहरुमा खुट्टा ढोग गर्दै पैसा मागेर ब्यापारीहरु लाई हैरान गरेका छन् भेटिन थालेका छन् । करिब ५० संख्याको हाराहारीमा रहेका भारतिय मुलका ति ब्यक्तीहरु महारास्ट्रबाट आएको उनीहरु बताउछन् । पोखरा १० शिवचोक नजिकै खाली जमिनमा बस्दै आएका ति भारतिय मुलका मान्छेहरु शहरका बिभिन्न भागमा माग्दै हिडेको राम्रै संग भेट्न सकिन्छ । पर्यटकिय शहर पोखरा त्यै माथी महानगर जस्तो ठांउमा पनि यसरी बिभिन्न मुलका मान्छे माग्दै हिड्ने हो भने एकदिन पक्कै कुरुप बन्ने अवस्था नआउला भन्न सकिन्न । सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने यो समस्या अझै बिकाराल बन्ने निश्चित छ ।

तस्बीरः पुल प्रसाद पुनको फेसबुकबाट

Leave a Reply