Sunday , October 22 2017
Breaking News

प्रधानमन्त्री पत्नी सभासद आरजु देउबाले संसदमा सर्पले हत्या गर्‍यो भनेपछि… भिडियो सहित

असार-२९,काठमाण्डौं : सांसदहरुले महिला हिंसाका घटना बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् । रुकुम, बाँके, दैलेख र खोटाङ जिल्लामा भएका घटनाको उदाहरण दिँदै सांसदहरुले दोषिलाई कडा भन्दा कडा कारबाहीको मागसमेत गरे ।

केहिदिन अघि छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको थियो। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यानकोमा प्रधानमन्त्री पत्नी तथा सभासद आरजु देउबाले संसदमा कुरा उठाइन्।

आरजुले भनिन्-दैलेखमा छाउपाडी गोठमा सुतिरहेको अबस्थामा २१ बर्षकी उषा शाहीको सर्पको टोकाइबाट हत्या भएको सुन्न आएको छ।खासमा आरजुले सर्पको टोकाइबाट मृत्यु भएको भन्नुपर्नेमा हत्या भएको भनेपछि सामाजिक संजालमा आरजुले बोल्न नजानेको भन्दै खिल्ली उडाउन थालिएको छ।

आरजुले बिभिन्न खाले महिला हिंसा प्रति चिन्ता व्यक्त गर्दै,महिला हिंसाको बिरुद्ध काम गर्नुपर्ने भन्दै महिला हिंसा गर्नेहरुलाई कारबाहिको माग गरिन् ।

Leave a Reply