Friday , December 15 2017
Breaking News

तपाईहरुलाई थाहा छ सुन बारे यस्ता रोचक तथ्यहरु ? (भिडियोमा हेर्नुहोला)

एजेन्सी : सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । नेपालमा पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ । सुनलाई नचिन्ने नजान्ने कोही छैन् । तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं ।समुद्रमा यतिधेरै सुन छकी समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लगाउँन पुग्छ ।

पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ । पृथ्वीको आकार निर्माण भइरहँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन् । सुन्दैमा आश्चर्य लाग्ने कुरा के भने कुनै समय सुन नभइ एल्मुनियम सबैभन्दा बहुमूल्य धातु थियो । सम्पन्न व्यक्तिहरु एल्मुनियमको भाँडा वर्तन प्रयोग गर्थे भने गरीबहरु सुनको भाडाँकुडा प्रयोग गर्थे ।युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।

Leave a Reply

%d bloggers like this: