Friday , October 20 2017
Breaking News

प्रा.डा. कविताराम श्रेष्ठको Light of the Himalayas को बिमोचन

१२ जुलाई, बेलमोण्ट अस्ट्रेलिया: प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित पहिलो बैज्ञानिक अनुसन्धानात्मक उपन्यासको अंग्रेजी संस्करण “Light of the Himalayas” A Research-based Novel on Buddha को लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा बिमोचन गरिएको छ । बिमोचनको क्रममा पुस्तकको प्रचार प्रसार सहायक सामग्रीहरु सहभागीहरुलाई बितरण पनि गरिएको थियो ।

६x९ साइजको ३८४ पृष्‍ठ लामो अंग्रेजी संस्करणको यो पुस्तक जुन २०१७ मा प्रकाशित गरिएको हो जस्को २०११ मा प्रकाशन गरिएको नेपाली संस्करणको प्रकाशक समूहमा अभियान रहेको थियो । यो पुस्तक अमेजन बुक स्टोरहरुमा उपलब्ध छ भने अनलाइन मार्फत पनि किन्न सकिन्छ । लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियानक विस्व कार्य समितिका सल्लाहकार मण्डलका सदस्य पनि हुन ।

पुस्तक बिमोचनको क्रममा अभियानका विस्व संयोजक श्रेष्ठले लेखकको साहित्य र कलाकारिता क्षेत्रमा मात्रै नभएर अभियानलाई बिस्वब्यापी बनाउने काममा पनि बिशेष योगदान रहेको चर्चा गर्नु भयो भने अभियानले वुद्ध जन्मस्थल बिषयमा रहेको बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा छोटो समयमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगलमा सच्याउने, ब्रिटिश म्युजियममा सच्याउने निर्णय गर्न लगाउने, पिबिएस जस्ता बिस्व स्तरीय सन्जाल र फारिद जाकारीया जस्ता विस्व स्तरीय पत्रकारलाई उनीहरुद्धारा गरिएको गल्ती सच्याउन दबाब दिने, कोरिया र स्वीडेनको पाठ्य पुस्तक सच्याएपछी सात देशको पाठ्य पुस्तक सच्याउने अनुरोधका साथ नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाइएका जस्ता अनपेक्षित रुपमा उल्लेख्य उपलब्धीहरु हासिल गरेको फेहरिस्त पेश गर्नु भयो ।

कार्यक्रममा डिकिन युनिभर्सिटीमा मेकानिकल इन्जिनियरिङ्गमा मास्टर्स गरिरहेका सम्भब भट्टराईले “जहाँ छन वुद्धका आँखा …..” गीत गाएका थिए ।

Leave a Reply