Monday , December 11 2017
Breaking News

७३ वर्षीया बृद्धा र १५ वर्षका बालक प्रेममा परेपछि बिहे गरे : प्रेम अन्धो हुन्छ भनेको हो रहेछ

माया अन्धो हुन्छ भन्ने कुराको चरितार्थ इन्डोन्सियाका एक जोडिले गरेका छन्।

इन्डोनेशियाका ७३ बर्षिया बृद्धा र १५ बर्षका बालकले बिहे गरेका छन्। दुबै केहि बर्षदेखी गाढा प्रेममा परेका थिए।
प्रेमलाई बिहेमा बदल्न त्यहाँका कानून बाधा रहेको थियो।इन्डोन्सियामा बिहे गर्नको लागी पुरुषको उमेर १९ बर्ष पुगेको हुनुपर्छ। बिहे गर्न नपाएमा दुबैले आत्महत्या गर्ने सम्मको धम्की दिएपछि कानून बिपरित त्यहाँका अधिकारीहरुले विवाहको लागी अनुमति दिएका थिए।

बाबु नभएका ‘सेलामत रियादी’ नाम गरेका पन्ध्र बर्षका बालकलाई मलेरिया रोग लागेको थियो। आमाले पनि दोस्रो बिहे गरेपछि एक्लो रहेका सेलामतलाई छिमेकि ७३ बर्षीया बृद्धा रोहायाले निकै स्याहारसुसार गरेकी थिइन्।

दुई पटक बिहे गरिसकेकी रोहायाले बुढेसकालमा तेस्रो बिहे गर्ने इच्छालाई रोक्न सकिनन् र बालकले पनि आफुलाई हेरबिचार गर्ने बृद्धा हो भन्ने बिर्सेर बिहे गर्ने निर्णय गरे।

बिहेपछि दुबैले एकअर्कालाई धेरै माया गर्ने बताएका छन्।

इन्डोनेशियामा यो बिहे निक्कै चर्चित बनेको छ। बिहेलाई लिएर केहि मानिसहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहिले मजाक उडाएका छन्।

प्रकाशित मिति :असार २३ शुक्रबार-२०७४

Leave a Reply

%d bloggers like this: