Thursday , August 24 2017
Breaking News

अन्ततः विद्या भण्डारीको १६ करोड प्रकरणबारे केपी अ‍ोलीले मुख खोले…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा आफ्नो पार्टीले धेरै भोट ल्याएपछि आत्तिएकाहरुले राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर प्रचार गरेको बताएका छन् । उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिएका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा ओलीले राष्ट्रपतिको बचाउ गरेका हुन् । एमालेले धेरै भोट पाएपछि केहीको मन भतभती पोलेको भन्दै उनले भने, ‘राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर स्याल हुइँया चलाइएको छ ।’

एमालेले अब हुने चुनावमा पनि धेरै भोट पाउने भन्दै उनले यसलाई बानी पार्न सुझाव दिए । एमालेले अवसर पाउँदा महिलालाई राष्ट्रपति बनाएको भन्दै उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिए । हालै भएको स्थानीय चुनावमा पनि एमालेबाट धेरै महिलाले जितेको उनले दाबी गरे । – (इमान्दारमिडिया बाट)
भूकम्प पिडित मेरी आमा पछाडी बास को घर, राष्ट्रपतीज्यु लाइ १६ करोड भिडियो सहित हेर्नुहोस- Marichman Balchhidhurbe

Leave a Reply