Thursday , October 19 2017
Breaking News

महिला समाजले गर्ने तिज कार्यक्रमको तयारी पुरा !

दिल कुमार श्रेष्ठ, दोहा । नेपाली महिला समाज कतार महिलाहरुको लागि पवित्र मानिने हरितालिका तीज २०७४ को अवसरमा बिबिध सांगीतिक कार्यक्रम तयारी पुरा भएको छ ।कार्यक्रमले मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङहरुको बालबालिकाहरुको सहयोगको लागी हुने जानकारी कार्यक्रमकी संयोजक अमिना खानले दिएकी छन् ।

२५ अगस्त २०१७ मा हुने कार्यक्रमको तयारीका लागी महिला समाजका दिदिबहिनिहरुले कतारमा घरदैलो कार्यक्रम समेत गरेको थिए lहरेक बर्ष महिलाहरुको महानपर्व हरितालिका तीजलाई कतारमा बिशेष महत्वका साथ मनाइने गरिएको छ । कार्यक्रममा नेपालबाट समेत राष्ट्रिय स्तरका कलाकार समेत आउने भएका छ ।

अन्य पर्वहरु भन्दा अलि फरक मानिने यो पर्वमा महिलाहरुले भोजन नगरी वर्त बस्यो भने आटेको पुग्ने बिस्वाश छ । महिला समाज कतारले यस तीज पर्वलाई उच्च महत्वको साथ मनाउदै आएको छ ।तिज बिशेष बिशेष कार्यक्रमका लागी तय भएका केहि कलाकारहरु महिला समाजले नाम सार्वजनिक गरि सकेको छ ।

आमन्त्रित कलाकारहरुमा लोकदोहोरी गायिका चन्द्रा अर्याल, आधुनिक गायिका अमृता सम्बाहाम्फे लिम्बु, डान्सर प्रमिला श्रीर उधोषिका सन्ध्या बुढा रहेका छन् l नेपालबाट कलाकारहरुले कार्यक्रम हललाई रंगमञ्चमा बनाउने भएका छन् । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुको सम्बन्ध समधुर राख्नको साथै चाडपर्व र रितीरीवज जोगाउनमा ठुलो सहयोग पुग्ने गरेको छ ।

Leave a Reply