Monday , December 11 2017
Breaking News

बन्यो दन्त्यकथाको जस्तै उड्ने र गुड्ने कार (भिडियोमा हेर्नुहोला )

एजेन्सी ।विज्ञानको दन्त्यकथामा मात्र उड्ने कारको कथा सुन्न पाइन्थ्यो, तर अब यो साँचो भएको छ । दशौँ वर्ष विज्ञानले दन्त्यकथाको उड्ने कारलाई यथार्थमा उतार्न निकै कोशिस गर्यो । पोर्चुगलको एक स्टार्ट अफ कम्पनीले उड्ने कार बनाइ त्यसलाई जमिनमा उतार्न सफल रहेका छन् । कम्पनीले टिट्टै यो कारको लन्च गर्ने तयारीमा छ ।

दुई जना पाइलट बस्ने स्थान छ । यो चलाउनका लागि लाइसन्स प्राप्त पाइलट हुनुपर्दछ वा कम्तीमा पनि २५ घण्टा उडानको अनुभव आवश्यक हुन्छ ।
यो कार हावामा १७७ किलोमिटर प्रतिघण्टा र सडकमा १६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्न सक्छ । सडकबाट हावामा जान १० मिनेटको समय लाग्छ । यो कारको चारलाख डलर पर्ने जनाइएको छ ।

Leave a Reply

%d bloggers like this: