Saturday , August 19 2017
Breaking News

एन आर एन स्पेनको सचिव पदको लागि अधिकारीको उमेद्वारी

दिल कुमार श्रेष्ठ
एन. आर. एन. ए. एन. सी. सी. स्पेनको अधिबेसन नजिकिदै गर्दा बिभिन्न पदहरुको निम्ति भागदौड सुरु भैसकेको छ l यसै क्रममा तारानाथ अधिकारी द्वारा स्पेनको एन आर एन २०१७-२०१९ कार्यकालको निम्ति सचिव पदको लागि उमेद्वारी दर्ता गराएका छन् l

खाडी मुलुकहरुमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनिहरुमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा पनि उतिकै तल्लिन थिए l

कतार बसाइको अबधिभर पनि बिभिन्न संघसस्था संग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रसंसनिय रह्यो l खाडीमुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै हुन् l

अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाइ केहि वर्ष अगाडी मात्रै बिटमार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् l त्यहाँ पुगेलगत्तै उनलाई समाजसेवाको भावले पछ्याईरह्यो l पुन समाजसेवालाइ निरन्तरता दिने निर्णय संगै एन. आर. एन. ए. स्पेन संग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् l

Leave a Reply