Friday , October 20 2017
Breaking News

बेलायतका रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा अन्जु र टंकको धमाकेदार अभिनय

काठमाडौँ । कपिल रिजाल पेशाले दन्त चिकित्सक हुन् । लामो समयदेखि बेलायतमा बस्दै आएका डा कपिल पछिल्लो समय कलाकारिताका विभिन्न पाटामा समेत ब्यस्त बन्दै आइरहेका बेला उनले निर्देशन गरेको ‘मेरो मनमा’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाइरहेका छन् । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले यसअघि चलचित्रमा समेत विभिन्न माध्यमबाट क्रियाशिलता देखाइरहेका बेला उनले निर्देशन गरेको गीतमा गायिका शर्मिला बर्देवा र सपनकुमार राईले स्वर भरेका छन् ।

बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोले किशोरावस्थाको प्रेमी जोडीले देखाउने गहिरो प्रेमाभावलाई नजिकबाट निर्देशक रिजालले देखाएका छन् । जसमा अन्जु बस्नेत र टंक धमलाको धमाकेदार रोमान्सलाई देख्न सकिन्छ । मिडियाकर्मी कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियो निकै नै स्तरीय बनेको छ । किरण कँडेलको एरेन्ज रहेको गीतमा संगीतकार शेखर सन्तोषले समधुर संगीत भरेका छन् ।

Leave a Reply