Tuesday , August 22 2017
Breaking News

लगे है मलाई सपना देखाई बोलेर झुट :

लगे है मलाई सपना देखाई
बोलेर झुट
हेर्न लाई ऊँट
यो सोझो गाऊलेलाई
लाएबगर माँ काम
लाग्दछ चर्को घाम
छैन साथी कोही
वस्छू एक्लै रोई रोई
परर्यो सरो गारो छैनन कोही राख्ने नज़र
कती वेला के हुन्छ लाग्दछ डर
त्यही पनि बस्नुनै पर्ने छ कर
न त सुत्ने ठॉऊ छ
न त वरिपी कुनै गाऊँ छ
आखॉले देखे जती सबै बालुवा को छ ठाऊ
यो मुटुमा दलालीले धरै गहीरो लाईदेको छ घाऊ
सबैलाई रहेछ आफ्नो आफ्नो दाऊ
सबै तिर बाट आको छ हावी ताँतों तातों
कती भयों छैन केही खाको
राम्रो एजेन्सी भनेर आको
लाईदे मलाई जीन्दगीमा आगों
बरीपरी बारेको सुत्ने ठाऊ तन्नाले
दुख पाए दलालीले ठग्नाले
देख्या छैन अहीले सम्म कहा छ नि सहर
सुनेके छु हुन्छ हरे ठुला ठुला घरको लहर
छैन पानी पिऊने
कुनै आधार भएन खुसीयाली ज्युने
भनौ कसरी दुख सुनी रुने हुन की छोडी डाको

छैन मैले घरमा खबर गर्न पाको
भयों यतीका दिन म अहॉ आको
हावी आयो सरर आखै भरी बालुवा
कहिले फेर्ला ज़िन्दगी पालुवा
वनाए मलाइ ऊँट र भेड़ा हेर्ने
भाग्न खोज्छु अरु आई घर्ने
बन्धक जस्ता वनाए मलाई
सक्छौ भने कोरेर लाईदेऊ सलाई
हावॉ आयेा सरर आखै भरी बालुवा
कहीले फेर्ला पालुवा
अरु वसे सहरमा
मलाई लगे वगरमा
बार्ह वर्स बित्यो
बगरमै जोवानी रित्यो
कल्पना खरेल (बेलायत)

Leave a Reply