Friday , August 18 2017
Breaking News

कस्तो अचम्म !! १७ सेकेण्डमा ५० अण्डा स्वात्तै (भिडियोसहित)

अहिले इन्टरनेटमा चर्चित हुने सबैभन्दा राम्रो काइदा भनेको अनौठो तथा अरुले नगरेको काम गर्नु हो । मानिसहरुले यस्तै अजिब हरकत गरिरहेको पाइन्छ इन्टरनेटको दुनियामा ।

कसैले अनौठो तरिकाले गीत गाउँछन् त कतिले खतरनाक स्टन्ट गर्दछन् । इन्टरनेटमा भिडियो भाइरल बनाउनु भनेको कमाई गर्ने स्मार्ट तरिका पनि भएको हुँदा मानिसहरु यस्तो गरिरहेछन् ।

यही मेलोमा युट्युबमा पछिल्लो समय एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ । ५ वटा मगमा १० वटाको दरले ५० वटा अण्डा राखिएको छ । ती पाँच वटा मगमा भरिएका अण्डालाई ती व्यक्तिले केवल १७ सेकेण्डमा सिनित्तै पिइदिन्छन् ।

हेर्नुहोस् भिडियो अनलाईनखबरबाट

Leave a Reply