Thursday , August 24 2017
Breaking News

कल्पना शक्तिबाटै यथार्थ जन्मन्छ : पुरा पढ्नुहोस

– रामप्रसाद खरेल

सन् १९०३ डिसेम्बर १७ मा ओरविल राइट र विल्बर राइटले प्लेन उडाउँदासम्म त्यसबेलाका मानिसहरुले मान्छेपनि उड्न सक्छ भनेर कल्पना गरेका थिएनन् । त्यसपछिका मान्छेले प्रयोग नै गर्न पाए । आज हाम्रा लागि सामान्य नै भयो । एयरडाइनामिकको सहाराले मानिसलाई उड्न सक्ने बनाइदियो । त्यसबेलासम्म मानिसले चरा मात्र उडेको देखेका थिए । केहिमा चराजस्तै उड्ने चाहना भयो या भएन होला त्योभन्दा पनि राइट दाजुभाईले खोज अनुसन्धान र प्रयोग गरी प्लेन उडाएको काम हाम्रा लागि दीर्घकालिन रुपमा महत्व राख्ने भयो । प्लेनका आविष्कारकले पहिले त पक्कै कल्पना गरे होलान् अनि खोज र प्रयोगको यात्रा सुरु भयो । यात्राले लक्ष्यसम्म पु¥यायो । पुग्ने बाटो कति अप्ठ्यारो थियो होला त्यो आफ्नै ठाउँमा छ ।

मार्कोनीलाई रेडियोका पिता भनिन्छ । उनले पनि एक कल्पनाबाटै खोज र प्रयोगको यात्रा गरेका थिए । मार्कोनीको कलपनाले यथार्थ रुप लिएर विस्तारै प्रविधिको विकास हुन थालेपछि आज संसारमा मानिसले रेडियो सुन्न पाइरहेका छन् । प्लेन र रेडियोको मात्र आविष्कारको कुरा होइन आजसम्म संसारमा जति प्रविधिको आविष्कार भए ती सब एक कल्पनाबाट सुरु भए । विज्ञानको कुरा मात्र होइन अध्यातमको पनि यहि हो । बुद्ध,लाओ–त्सेको पनि एक कल्पनाले काम गरेको थियो । कल्पनालाई एक सोच पनि भन्न सकिन्छ । संसार कल्पनाले बनेको छ । बुद्धको उपदेश धम्मपदमाथि टिप्पणी गर्दै ओशो भन्छन् –“तिम्रा अगाडि जुन संसार छ त्यो तिम्रो कल्पनाले निर्माण भएको हो ।”

निर्माण,उत्पादन, लेखन,आविष्कार आदि सबै एक कल्पनाबाट नै सुरु हुन्छन् । निर्माण– घर,बाटो,पुल जे बनाउनु परे पनि पहिले कस्तो बनाउने भनेर कल्पना गरिन्छ । त्यस कल्पना वा सोचलाई नक्साको रुपामा उतारिन्छ । नक्साको आधारमा निर्माण–सामग्रीको सहाराले बनाउन थालिन्छ । उत्पादन– हरेक मेसिन नै यस्तो समान बनाउने भनेर कल्पना गरेर तयार पारिएको हुन्छ । लेखन– घरको नक्सा बनाएझैँ कल्पनाद्धारा एक काल्पनिक नक्सा तयार हुन्छ दिमागमा । त्यसैको आउटपुटको रुपमा एउटा सिर्जना वा पुस्तक तयार हुन्छ । आविष्कार पनि उस्तै हो । हामीले छलफल नगरेको तर सत्य कुरा यही कल्पना हो । तर कल्पना वास्तविकतामा परिणत भइसकेपछि त्यो सत्यको रुपमा स्थापित हुन्छ । कल्पनाचाँहि कल्पना गर्नेसंगै छोडिन्छ । जे कुरा यथार्थ भइसक्छ त्यसपछि त्यहि कुराको कल्पना हुदैन । कल्पना यात्राको प्रारम्भ हो, परिणाम गन्तव्य हो । उड्ने कुराको जतिबेला भयो अहिले हुँदैन,किनकि उड्ने कुरा त यथार्थ भइसक्यो ।

हरेक परिणाम कल्पनाबाट भए । यतिमात्र होइन अब जे हुन्छ त्यो पनि कल्पनाबाटै हुन्छ । दूधबाट घिउ निकाल्ने जुन प्रक्रिया पुरा गरिन्छ त्यस्तै हो कल्पनालाई यथार्थमा रुपान्तरण गर्ने कुरा पनि । मोही पारेर घिउ निकाल्दा दूधको विशेषता त रहँदैन । अझै सरल भाषामा भनौं घिउ निकाल्ने मोडमा दूध नभएर मोही भएको हुन्छ । हरेक कुरा हुने बनाउने आ–आफ्नै प्रक्रिया हुन्छ । डार्विनको सिद्धान्तलाई आधार मान्ने हो भने चरणबद्ध विकासको क्रममा हामी मान्छे भयौं । प्रक्रिया वा चरण पुरा हुँदै गएपछि कल्पना यथार्थमा परिणत हुन्छ, प्रारम्भ हराउँछ ।

कल्पना महाशक्ति हो । जोसंग कल्पनाशक्ति धेरै छ उ शक्तिशाली आविष्कार हुन सक्छ । कल्पनासंगै यात्रा पुरा गर्ने अठोट, बाटो स्पष्ट नक्सा र गन्तव्यमा पुगेपछि सफलताको घोषणा गर्नसक्ने ल्याकत पनि चाहिन्छ । कल्पना नै नहुनेसंग हुन्छ के ? खालि मान्छे भएर बाँचेको प्राणस्वरुप प्राण हुन्छ । उसले त्यसैको उपयोग,दूरुपयोग,सदुपयोग गर्छ जुन शक्तिशाली कल्पना भएका व्यक्तिहरुबाट प्राप्त बस्तुहरुको । एउटा मान्छेको दिमागमा दिनमा कल्पना कतिपटक आउँछ ? त्यसमध्ये कति कल्पनाको यात्रा अघि बढ्छ ?कति कल्पना यथार्थमा रुपान्तरण हुन्छन् ?वैज्ञानिक खोजको कुरा छाडौंँ । यी प्रश्नको उत्तर हरेक मान्छेले व्यक्तिगत रुपमा आफै खोजौं । तपाई पनि दिनमा के कति कुराको कल्पना गर्नुहुन्छ ? कल्पनाको शक्तिको परिक्षण गर्नु भएको छ ?आजसम्म तपाईको जीवनमा कति कल्पना यथार्थमा परिणत गर्न सफल हुनुभएको छ ? यो लेख पढिरहँदा के कल्पना गर्नु भएको छ ?
कल्पना हरेक मानिससंग हुन्छ तर त्यो कल्पना कस्तो र कति समयसम्म उसंग रहन्छ भन्ने महत्वपुर्ण हुन्छ । पानीका फोकासरीका कल्पनाले काम गर्दैन । जुन कल्पना शक्तिको रुपमा रुपान्तरित हुन्छ त्यसले जीवना क्रन्ति गरी नवयुग जन्माइदिन्छ । कल्पनाले विचार जन्माउँछ , विचारले यथार्थसम्म पु¥याउने काम गर्छ । ओशोले जस्तै अर्का एक महान् व्यक्ति डा. जोन हेजालिनले पनि कल्पनाको शक्तिलाई यसरी व्यक्त गरेका छन् । उनी भन्छन् “ब्रह्माण्ड एवम् हाम्रा चारैतिरका सबै कुरा मुलतः विचारबाटै उत्पत्ति भएका हुन् । क्वान्टम मेक्यानिजम यसको पुष्टि गरेको छ ।” कल्पना नै सफलताको जननी हो भन्ने प्रमाणका रुपमा एक महान् कर्मयोगी पर्सनल कम्प्युटर,एनिमेटेड भूमी, म्युजिक फोन, ट्यावलेट, कम्प्युटिङ र डिजिटल पब्लिसिङजस्ता छ वटा क्रान्तिकारी उद्योगहरुमा पाइसकेका स्टिभ जब्सको बारेमा ब्लर्बले भनेको एक वाक्य तपाईँमाझ राख्छु । उनी भन्छन् “संसारका मानिसहरुले डिजिटल युगको अर्थतन्त्रको निर्माण गर्ने प्रयास गरिरहेका बेला जब्स आफ्नो कल्पनाशक्तिको उच्चत्तम चरणमा जिइरहेका थिए । प्रविधिलाई सिर्जनासंग जोड्नुु नै एक्काइसौं शताब्दीको सबैभन्दा ठुलो मुल्यको सिर्जना गर्नु हो भन्ने कुरा उनले आत्मसात् गरेका थिए ।फड्को मारिरहेको कल्पनालाई उनले इन्जिनियरिङसंग जोडिदिए ।

कल्पना कहाँ आउँछ ? सबैलाई थाहा छ हाम्रो दिमागमा ।

दिमागलाई वैज्ञानिकहरुले तीन भागमा बाँडेका छन् १.चेतन मन (कन्सियस ब्रेन) मस्तिष्कको देब्रे भाग । २. अबचेतन मन( सव कन्सियस ब्रेन ) मस्तिष्कको दाहिने भाग । ३ अचेतन मन (अनकन्सियस बे्रन) । मस्तिष्कको बिषयमा डा. विकासानन्दले प्रस्ट्याएका छन् कि बायाँ मस्तिष्कले विचार, बुद्धि,तर्क, गणित,विज्ञान,शब्द र भूत–भविष्यको काम गर्छ । दायाँ मस्तिष्कले कल्पना,सपना,अन्तर्बोध, भावना, कला,अर्थ र वर्तमानका लागि काम गर्छ । हाम्रो सानो मस्तिष्कमा न्युरोन (मस्तिष्क कोष) एक खरब मानिन्छ भने हरेक एक न्युरोनमा दस हजार जति डेन्ड्राइट्स हुन्छन् । डा. विकासानन्दका अनुसार कल्पनाका लागि दायाँ मस्तिष्कलाई सक्रिय पार्नुपर्छ । अचेतन मस्तिष्कका बारेमा डा.टी. एन पथिक आफ्नो पुस्तक लस्ट डिमेन्सन अफ एजुकेशन मा लेख्छन् “यसले जन्म जन्मको कर्म अनुभव र परिणामलाई बोकेको छ । साधनाको माध्यमबाट यसलाई खोल्न सकिन्छ ।” पथिकका अनुसार खासगरी चेतन मस्तिष्कले मात्र बढी काम गरेको छ । अवचेतन मस्तिष्कले एक दुइ प्रतिशत काम गरेको छ । अचेतन त पुरै निष्क्रिय छ । भनिन्छ आइन्सटाइनको पनि सिंगो दिमागको सात प्रतिशत मात्र प्रयोग भएको थियो ।

आध्यात्मिक तथा धार्मिक गुरुहरुले आफैभित्र सबै कुरा छ भन्नको तात्पर्य नै यहि हो, भन्न सकिन्छ कि सबै कुरा हाम्रै मस्तिष्कमा छ । आखिर सबैको मस्तिष्कमा हुने त एउटै हो नि। तर आइन्सटाइनले पनि यसको सात प्रतिशत मात्र प्रयोग गर्न सफल भए । हामीले आफ्ना मस्तिष्कको कति प्रतिशत प्रयोग गरेका छौं होला त ? अनि किन हामी सफल भएका छैनौँ वा सोचे ज ितगर्न सकिरहेका छैनौं ? हाम्रो कल्पनाशक्ति कमजोर भयो होला । पथिकको भनाइमा जाने हो भने अचेतन दिमागको प्रयोग भएन । ओशोको भाषामा भनने हो भने हामी जागेनौं ।

हामी बेहोसीमै बाँचिरहेका छौं । अब जाग्नु प¥यो । स्वेट मार्डेन, शिव खे।ा आदिलाई उभ्याउने हो भने हामीसंग स्पष्ट लक्ष्य भएन । विज्ञानलाई अगाडि राख्ने हो भने प्रयोग विधि मिलेन । अध्यात्मले भन्छ अन्तर्बोध (आत्मजागरण)भएन । महाकवि लक्ष्मी प्रसाद देवकोटाले त्यसै भनेका होइनन् उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।देवकोटाको सिर्जना पनि कल्पनाले जन्माएको हो । अब कलपना गरौं चन्द्रमा छुने विस्तारे त्यहाँसम्म पुग्छौं, धेरै पुगिसकेका छन् ।अरु पनि पुग्न सक्छन् भने हामी किन पुग्न सक्दैनौं ? हजारौं प्रश्न सोधौं आफैलाई उत्तर पनि आफैबाट दिने अठोट गरौं । कल्पनाबाट नै यथार्थ जन्मन्छ प्रयोग गरेर हेरौं । विज्ञानले गर्ने खोज, अनुसन्धानसंगै प्रयोग हो । एक भौतिक शास्त्री वैज्ञानिक फेबियालो जियानट्टी भन्छिन्– “सपना देख्न नछोड । सपना त्याग्यौ भने जीवनको कुनै मोडमा पछुताउनु पर्नेछ ।”

साभार युनिर्भ्रसलटाइम्स

Leave a Reply