Monday , August 21 2017
Breaking News

चर्चित क्यामेराम्यान ज्ञानेन्द्र शर्माको यस पटक पनि राजेश राईसंगको सहकार्यमा भिडियो

चर्चित गीत तोडियो तोडियोका गायक राजेश राईको आवाज रहेको ए कान्छी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
चर्चित क्यामेराम्यान ज्ञानेन्द्र शर्माको यस पटक पनि राजेश राईसंगको सहकार्यमा भिडियो बजारमा आएको छ । अहिलेको व्यस्त डान्स ग्रुप भिमफेदी गाइजलाई राखिएको यस भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईले साथ दिएकी छिन् ।
निकै उत्कृष्ट बनेको यस भिडियोमा भिमफेदी गाइजले न्रित्य साथै कमेडी देखाएका छन र मोडल अलिशाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
रहरै रहर एल्बममा समाबेश उक्त गीतलाई भिम राईले लेखेका हुन् भने गायक राजेश राईले संगीत र बिनय केटुको संगीतसंयोजन रहेको छ ।
भिडियोमा कोरेओग्राफी भिमफेदी गाइजकै रहेको छ भने मेकअप सन्ध्या पुन र सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोलाई छायांकन तथा निर्देशन ज्ञानेन्द्र शर्माले गरेका छन् ।

Leave a Reply