Tuesday , August 22 2017
Breaking News

भारतको बिरोध गरेर नेपालको राष्ट्रियता उठ्दैन : नेपालमा विभेद थोपर्न पृथ्वीनारायणको ठुलो हात छ !!

नेपालमा शिक्षित र बु्द्दिजीवी भनिनेहरुको एउटा ठुलो जमात छ,जसलाई नेपाली समाजका वर्तमानका मात्र होइन ब्रह्माण्डका प्राय: सबै जटिल प्रश्नहरुको उत्तर उनीहरुलाई थाहाँ छ। बरिष्ठ साहित्यकार खगेन्द्र संगौलाले एपी-१ टेलिभिजनको कार्यक्रम दिशानिर्देशमा विजय कुमार सँग कुराकानी गर्दै अहिले जथाभाबी विश्लेषक बन्ने होडबाजीमा रहेको भन्दै व्यंग गरे।आफ्ना प्रसंशक र निन्दकहरु उस्तै रहेको भन्दै निन्दकहरु मिडियाको नजिक भएका र उनीहरु साधन स्रोत साधनले सम्पन्न रहेकाले धेरै बिरोध गर्छन् र प्रसंशकहरु भने,मौन र कुनै कुनामा रहेका बताए।

म मिडियामा गएपछि एकथरीको कस्तो प्रतिक्रिया रह्यो भने, मैले के लेख्छु मेरा शब्दको अन्तर्यमा अर्थ के हुन्छ, त्यसलाई वास्ता नगरेर निन्दा गर्ने एउटा विरानो जमात छ।तिनीहरु बारे मैले सोचे, तिनिहरुलाई के मज्जा हुँदो हो ? अलिकती भावुक,दार्शनिक र काव्य प्रकृतिका चिजहरु जब म राख्छु, तिनिहरु त्यहाँ केहिपनी टिप्पणी गर्दैनन्।संग्रौलाले गुनासो गरे।

सामाजिक संजाल निर्बन्ध छ। त्यहाँ जे-पनि लेख्न र भन्न सकिन्छ त्यहि भएर मानिसहरुले जथाभाबी लेखिरहेका छन्। संग्रौलाले आफुलाई गाली गर्नेहरु अबुझ भएको बताए।

संग्रौलाले आफ्नो बारे यसरी प्रस्ट्याए -‘मैले साधारण व्यक्ति र उनीहरुको परिवार प्रति कहिल्यै टिप्पणी गरिन,मेरा कठोर टिप्पणीहरु सत्ता र सार्वजनिक जिम्मेवारीको पदमा बस्नेहरु लाई मात्रै हो।म आवेगी र झोंक्की मान्छे छु। यहि आवेग र झोंकले मेरो व्यक्तित्व स्थापित गरेको छ।’

नेपाली समाजमा सालिनता र उच्छृंखलता दुबै बराबरी बढेको र अर्कोतर्फ तर्कशिलता र सालिनता बढ्ने कुरा पनि उत्तिकै छ र तिक्तता पनि मानिसहरुमा बढ्दैछ,’संग्रौलाले बताए’।

आफ्नो राजनितिक दर्शन र विचारको बारेमा प्रस्ट पार्दै संग्रौलाले यसो भने-अफिसियल कम्युनिस्टहरुले मलाई कम्युनिस्ट भन्दैनन्। मैले पार्टिको सदस्यता लिएको छैन,पार्टीलाई लेवी नतिरेको र माथिको आदेश मान्नपर्ने र तलकोलाइ आदेश दिनुपर्ने चरित्र छैन,त्यसैले आफु कम्युनिस्ट नभई बामपन्थी भएको संग्रौलाले प्रस्ट पारे।

संग्रौलाले आफ्नो राजनितिक पाठशालाको शुरुवात भारतीय विस्तारबाद मुर्दावाद भन्दै शुरु गरेको सम्झीए।उनले आफुले राजनिति गर्ने समयमा राजनिति गर्नलाई धेरै कुरा जान्न नपर्ने भन्दै त्यतिबेला जान्नुपर्ने कुराहरु यसरी बुँदागत रुपमा बताए।
१) सन्,१९५० को सन्धी गद्दारी र विश्वासघात हो
२)नेपाली कांग्रेस र विपि कोइराला लेन्डुप दोर्जे हुन्
३) दिल्ली सम्झौंता धोका हो
४) दलाल पुजीँवाद

यति कुरा सिकिसकेपछि त्यतिबेला वामपन्थी बन्न पर्याप्त हुन्थ्यो।मेरो राजनितिको पहिलो पाठशाला यहिबाट शुरुभएको हो।

मधेश नेपालको अभिन्न भुभाग हो र मधेशीहरु नेपाली माटोमा बस्ने नेपाली हुन्। तर मधेशी माथी सत्तामा बस्ने र त्यसको वरिपरी घुम्ने चाकरहरुले मधेशको भुभाग मात्रै नेपाल र मधेशीहरुलाई नेपाली होइन भन्ने जस्तो व्यबहार गरे। मधेशीहरुको देशभक्ति र रास्ट्रप्रेम माथि शंका गरियो ।त्यस्तो मधेशीहरु माथीको अपमान आफ्नो अपमान सम्झेर म मधेशिहरुको हकको लागि लड्न मधेश गएको थिए। मधेशीहरुले सिंगो सिंहदरबार खोजेको नभई सिंहदरबारमा टाउको लुकाउँने ठाउँ मात्रै खोजेका थिए। उनीहरुले भाषा र संस्कृतिको अधिकार खोजेको र एेतिहासिक रुपले आफुमाथी भएका अपमानलाई राज्यले महसुश गरुन् भन्ने चाहेको थियो। आफ्नो मधेश धारणा बारे संग्रौलाले प्रस्ट्याए।

नेपालका हरेक घटनामा भारतले दादागिरी देखाएको छ। तर भारतको एकोहोरो बिरोध गरेर रास्ट्रियताको शिर उठ्दैन। भारतले नेपाल माथि गरेको थिचोमिचो र हस्तक्षेप न्युनिकरण गर्न आफु उभिने धरातल बलियो हुनुपर्छ। माग्नको लागी हात पसार्ने मात्रै होइन,दिनसक्ने पनि हुनुपर्छ। यस्ता कुराहरु नेपालसँग भयो भने भारतको नेपाल माथि हस्तक्षेप कम हुँदै जान्छ।

कांग्रेस भनेको आदिकबि भने जस्तैं आधी प्रजातबादि पार्टि हो। नागरिक अधिकारको सम्बन्धमा र प्रतिनिधि मुलक शासन ब्यबस्थाको सम्बन्धमा कांग्रेस कम्युनिस्टहरुको गुरु हो। संग्रौलाले २००७ सालदेखी सत्र साल सम्म देशमा धेरै सुधार भएको बताए।

राजतन्त्रले राजतन्त्र लाई नै बिगार्यो,राजतन्त्र भनेको कुनै ब्यक्ति नभई त्यो एउटा दर्शन,परिपार्टि र संस्कृति र परम्परा हो। नेपाललाई पछौटेपनमा राख्नको लागी राजसंस्थाको प्रमुख भुमिका रहेको र सांस्कृतिक हिसाबले नेपालको अंग-अंगमा बिभेद थोपार्न पनि पृथ्वीनारायण शाहको ठुलो हात रहेको आरोप संग्रौलाले लगाए।

विजयकुमार र खगेन्द्र संग्रौला बिचको बेजोड सम्बाद हेर्नुलाई तलको रातो बोल्ड लिंकमा क्लिक गर्नुस !
Watch Video Click Here
(panakhabar)

Leave a Reply