Thursday , August 24 2017
Breaking News

फेसबुक प्रेमीसंगको त्यो रात, थाहै नभइ विहानी भो ! – Diya Chand

लेखक – दिया चन्द
बाचक : टिका अधिकारी
त्यो रात उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र । त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि ।

फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि ।

माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए ।

Leave a Reply