Tuesday , September 26 2017
Breaking News

घरमै बसेर अनलाइनबाट लाखौं कमाउनुहोस, क्षमता र दक्षता हेरेर मासिक २० हजार देखि २ लाखसम्म

–आभास अधिकारी

घरमै बसीबसी पैसा कमाउने रहर कसलाई पो नहोला र ? बेरोजगारीको संख्या बढिरहेको अवस्थामा रोजगारी प्राप्त गर्न कठिन पनि छ । यस्तो अवस्थामा थोरै लगानीमै घर बसीबसी कमाउन सकिने केही अनलाइन साइटको सहयोग लिन सकिन्छ । कम्प्युटरमा सामान्य ज्ञान भएका जो–कोहीले पनि अनलाइनमा बसेर काम गर्न सक्छन् । यस्ता साइटले प्रयोगकर्ताको क्षमता एवं दक्षता हेरेर मासिक २० हजार देखि २ लाखसम्म दिन सक्छन् ।

क्यप्चा सल्भर : अनलाइनबाट पैसा कमाउने एकदमै सजिलो माध्यम क्याप्चा सल्भर पनि हो । यो साइटले दिएको तस्बिरमा रहेको क्याप्चालाई पढेर जस्ताको तस्तै टाइप गर्नुपर्ने हुन्छ । जति धेरै क्याप्चा सही ढंगले टाइप गरिन्छ, त्यति नै बढी कमाइ हुन्छ । यसमा लगभग १ हजारवटा क्याप्चा टाइप गर्दा दुईदेखि तीन डलरसम्म प्राप्त गर्न सकिन्छ ।

पीटीसी र जीपीटी साइटहरू: पेड टु क्लिक (पीटीसी) का लागि उपलब्ध विभिन्न फ्री साइटको मद्दतबाट सजिलै आम्दानी गर्न सकिन्छ । यस्ता वेबसाइटमा भएका विज्ञापनहरूमा क्लिक गर्नुपर्ने हुन्छ । केहीमा भने १० देखि ३० सेकेन्डसम्म विज्ञापन हेर्नुपर्ने हुन्छ । यसरी हेरिएका प्रत्येक विज्ञापनबाट कमाइ गर्न सकिन्छ । गेट पेड टु (जीपीटी) साइटका माध्यमबाट भिडिओ हेरेर, त्यहाँ भएका खेलहरू खेलेर अथवा त्यहाँ उपलब्ध अन्य सेवाहरू प्रयोग गरेर पनि आय आर्जन गर्न सकिन्छ ।

एडसेन्स र अन्य एड नेटवर्क : तपाईं धैर्यवान हुनुहुन्छ भने एडसेन्स उपयुक्त हुनसक्छ । यद्यपि यो माथि चर्चा गरिएजति सहज छैन भने पहिलो पटक आम्दानी गर्न पनि लामो समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । गुगल एडसेन्सका लागि आफूसँग वेबसाइट हुनु आवश्यक छ । वेबसाइटमा आफूले नियमित रूपमा पाठक (भिजिटर) को उपस्थिति गराउनुपर्छ अनि त्यसपछि मात्र त्यहाँ प्राप्त विज्ञापन (एड) अनुसार आम्दानी गर्न सकिन्छ । आफ्नो वेबसाइटमा आउने भिजिटर अनुसार यो माध्यमबाट महिनाको लाखौं रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।

फ्रिल्यान्सिङ : फ्रिल्यान्सरका रूपमा अनलाइनमार्फत विभिन्न साना तथा ठुला कम्पनीका कामहरू (अस्थायी रुपमा) गर्न सकिन्छ । आफूमा भएको क्षमताअनुसार त्यहाँबाट काम प्राप्त गर्न सकिन्छ र त्यहीअनुसार आम्दानी पनि हुन्छ । प्राविधिक कामका अतिरिक्त अप्राविधिक काम पनि फ्रिल्यान्सिङमा उपलब्ध हुन्छन् । इल्यान्स, अपवर्क जस्ता बिभिन्न वेबसाइट फ्रिल्यान्सिङका लागि विश्व प्रसिद्ध छन् ।

माथि उल्लेखित कार्यका साथै भच्र्युअल एसिस्टेन्टका रुपमा अरुको प्रुफरिडिङ, मार्केटिङ, रिसर्च, वेब डेभलपमेन्ट तथा डिजाइनजस्ता धेरै किसिमका काम गर्न सकिन्छ । त्यसैगरी विभिन्न लेख–रचना लेखेर कन्टेन्ट राइटर बनि प्रशस्त आम्दानी गर्नेहरूको पनि ठूलै जमात छ । राम्रो भिडिओ खिच्न सक्नेहरूले केही सर्त पूरा गरेर य्ुट्युबबाट समेत राम्रो आम्दानी गर्न सक्छन् ।

साप्ताहिक ,कान्तिपुरबाट

४ अषाढ २०७४

Leave a Reply