Friday , December 15 2017
Breaking News

दार्जलिंगमा नेपालीभाषी माथि गोलिबारी ३ जनाको हत्या(भिडियो सहित)

दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा आज सेनाले चलाएको गोली लागेर तीन जना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको पातलेवासस्थित कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चा समर्थक र सुरक्षाकर्मीवीच बिहानैदेखि झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीले दमन गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो ।

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले पहिला अश्रुग्याँस र पछि सेनाले अन्धाधुन्द गोली बर्साएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनया तामाङका अनुसार सेनाको गोलीबाट विमल शाहशंकर र सुनिल राईको घटनास्थलमै र महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनामा दर्जन बढी घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: