Sunday , August 20 2017
Breaking News

दुधे बालक र प्रहरीलाई हत्या गर्नलाई १ करोड ७४ लाख क्षतिपूर्ति(भिडियो सहित)

धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो।थप जानकारी भिडियोमा

मेरो घर जल्यो,एफएम जल्यो,गरिखाने होटल जल्यो, गाडिघोडा जल्यो,सुत्ने ओछ्यान देखि लगायका कपडा जले । अनाहकमा दुई बर्ष मागेर,ठेलामा मम बेचेर, स्कुलको होस्टेल वार्डेन बनेर, टेम्पो चलाएर बिताएँ । मेरि श्रीमतीले सबैसँग हात फैलाएर दुइसाल गुजारिन । जो सरकारले क्षतिपूर्ति दिएको कुरा सामाजिक संजाल मार्फत थाहा पाएँ,चिनेजानेका बाट अलिअलि सहानुभूति र सागर भन्दा अपार गाली पाएँ । म दोषी छुँ कि छैन, टिकापुरमा डिउटी गर्ने प्रहरी र स्थानीयलाई सोध्नुहोला । तपाईहरु जसरी मलाई सामाजिक संजालमा गाली गर्नुहुन्छ त्यसरी नै निश्पक्ष छानबिनको मुद्दा उठाइदिनुस् । निश्पक्ष छानबिनका लागि म जस्तोसुकै कठ्घरामा उभिन पनि तयार छुँ तर साथीहरू हो, कहिलेकाहीँ त मलाई लाग्छ कतै तपाईहरु गणेशमानको नेपाली जनता भेंडाको उखान बनिरहनु त भएको छैन ? मैले पाएको करोडमा डाह,ईष्र्या छ भने मेरा जलाइएको सबै सम्पती जस्ताको तस्तै बनाइदिनुस, मलाई क्षतिपूर्ती चाहिएन । म नेपाली हुँ, नेपाली रहन्छुँ तर मेरो पनि एउटा सोधाई छ – यसरी अनाहकमा भुमिपुत्रहरुलाई आरोप लगाएर हामी चोखो बन्न खोज्दैछौँ, भाषा बुझ्नुहोला म ननुहाइकन पन्चस्नान् गर्ने बंशको सन्तान होईन ।- Resham Chaudhary

Leave a Reply