Tuesday , August 22 2017
Breaking News

अमलाका सात गुणकारी फाइदाहरु : पुरा जानकारी सहित

अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ । अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आर्युवेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन् । आउनुहोस् हामी अमलाको फाइदाबारे जानकारी गराउँदैछौ । १. कपाल टुक्रनबाट रोक्छः अमला कपालको लागि अति नै फाईदाजनक छ । अमलाले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ भने टुक्रनबाट पनि रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले अति नै राम्रो गर्छ । यसले ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ । २. आँखाको ज्योति बढाउँछः अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाईदा गर्छ । ३. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछः अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले शरिरको सेल बढाउँछ र स्फुर्त राख्छ । अझ महिलामा देखा पर्ने विभिन्न शारिरीक समस्याबाट मुक्त राख्न अमलाले विषेश भूमिका खेल्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढा राख्छ । रक्त सञ्चालन गराउँछ र मुटु सम्वन्धी रोग लाग्नबाट पनि बचाउँछ । ४. डायविटिज रोगीको लागि अति उपयोगीः अमलाले ब्लड सुगर नियन्त्रण गर्छ । डाक्टरले समेत डायविटिजको विरामीलाई अमला खान सल्लाह दिन्छन् । अमलालाई मुर्रबा, जुस, अचार जे बनाएर पनि खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरिरमा तागत दिन्छ । यसमा फाईबर हुन्छ जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ । अमला खाँदा कब्जीयत, अपच डाइरिया जस्ता समस्याहरु हटेर जान्छ । ५. शरिरको विषालु पदार्थ निकाल्छः अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाव सम्वन्धी समस्या हटाएर जान्छ । त्यसैगरी अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । जसको कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ । ६. अनावश्यक बुढोपना हटाउँछः कोही कोही मानिस उमेरै नपुगी बुढो देखिन्छ । यदि यस्तो हो भने अमलाको सेवन गर्दा राम्रो हुन्छ । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपना देखाउँदैन । ७. अनिद्रा हटाउँछः अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । –एजेन्सीको सहयोगमा

Leave a Reply