Friday , December 15 2017
Breaking News

पश्चिम लन्डनको २४ तले ग्रेनेफेल टावरमा आगलागी लाइव भिडियो

पश्चिम लन्डनको २४ तले ग्रेनेफेल टावरमा आगलागी, कयौ मानिसहरु घरभित्रै फसेको हुनसक्ने :

पश्चिम लन्डनको एक टावरमा बुधबार बिहानै आगलागी भएको छ । पश्चिमी लन्दनको लाटिमर रोडस्थित ग्रेनेफेल टावरमा स्थानीय समयअनुसार राति १ बजेदेखि आगलागी भएको हो । आगो पूरै २४ तलामा फैलिएले दुई सय अग्नि नियन्त्रकले आगो नियन्त्रणको कोसिस गरे पनि सम्भव भएको छैन । आगो नियन्त्रणमा ४० वटा दमकल प्रयोग गरिएको छ ।
आगो पूरै २४ तलामा फैलिएको छ ।

२४ तले उक्त भवनभित्र केही मानिसहरु फसेको अनुमान समेत गरिएको छ ।मेट्रोपोलिटन पुलिसले भवनभित्र फसेका मानिसलाई सुरक्षित निकाल्ने र उपचारको व्यवस्था गर्ने काम भइरहेको जनाएको छ ।

लन्दनका मेयर सादिक़ ख़ानले ग्रेनफ़ेल टावरमा भएको आगलागीलाई भयानक दुर्घटनाको संज्ञा दिएका छन् ।पूरै भवनमा भएको आगलागीले कुनै पनि बेला भवन ढल्न सक्ने त्रास रहेको छ ।

प्रत्यक्षदर्शीले भवनको सबैभन्दा माथिल्लो तलामा बिजुलीजस्तो चमक देखिएलगत्रै आगलागी सुरु भएको बताएका छन् ।
भवन वरपरको क्षेत्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने त्यस आसपास भएर चल्ने सवारीलाई पूर्णतया रोक लगाइएको छ ।

Leave a Reply

%d bloggers like this: