Tuesday , August 22 2017
Breaking News

”राजतन्त्रको पुन: स्थापना” भनेको वर्तमान भद्रगोल राजनैतिक संकटको समाधान हो !!

देशकाे राजनैतिक घटनाक्रमले राजा त हामीलाई भन्दा देशको लागि धेरै देशलाई आबश्यक छ।
सामाजिक संजाल मार्फत देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला , आदि बिषयहरुमा आफ्नु धारणा राख्नु हुने एवम् देशको ति बिषयहरुमा अध्ययन गरिरहनु भएको युवाहरुसंग सम्बाद थाल्ने हाम्रो सानो प्रयास हो ”पाना सम्बाद” जसमा चर्चित भन्दा पनि देशप्रतिको चिन्ता र चासोलाई समाधानका उपायहरु समेत दिनसक्ने ब्यक्तिलाई लिने छौ | यो सम्बादबाट निश्किएका सार्थक निष्कर्षहरु देश र समाजलाई केहि निचोड र महत्वपूर्ण हुनेछ भन्ने हाम्रो मान्यता छ।

यसैको पहिलो प्रयास स्वरुपमा आज हाम्रो पहिलो अथिति हुनु हुन्छ ”भिम खनाल ” जो देशको समसामयिक बिषयमा फेसबुक लगायत विभिन्न अनलाइन मार्फत आफ्नो विचारहरु राख्दै आउनु भएको छ ! खनाल वैदेशिक रोजगारीको सिलसिलामामा संयुक्त अरब इमिरेट्समा कार्यरत हुनुहुन्छ | पानाखबरका प्रतिनिधिसंग खनालले राख्नु भएको विचारहरुको सम्पादित अंश !

– तिस लाख भन्दा बढी नेपाली रहेको खाडीमा अचानक आएको यो संकटले त्यो क्षेत्रमा काम गर्ने नेपालीको नाताले यसलाई कसरी बुझ्नु भएको छ ?

>> मुख्य बिषय के भने खाडी काे पछिल्लाे स्थिति हामिले अाङ्कलन गरे भन्दा छुट्टै हुन सक्छ खाडीमा यसप्रकार काे बिबाद अलि लामाे समय देखि नै चल्दै अाईरहेकाे हाे अहिले पछिल्लाे घटनाक्रम अलि गम्भीर छ यद्दपि आत्तिहाल्नु पर्ने बिषय चाहिँ हैन यहाँ सामान्य छ |
यद्दपि स्थिति काबु भन्दा बाहिर गएकाे खण्डमा यसकाे प्रत्यक्ष असर नेपालकाे अार्थिक र सामाजिक दुबै क्षेत्रमा देखिन सक्तछ तत्काल यहि कामना गराै त्यस्ताे गम्भीर सङ्कट उत्पन्न नहाेस , बाहिर सञ्चार माध्यममा कतारमा भित्रिने खाद्यान्नमा रोक जस्ता समाचार बाहिरिएका छन्, त्याे गलत हाे कतारस्थित सुचना मन्त्रालयले पछिल्लाे घटना क्रमले कुनै किसिमकाे खाद्यान्न सङ्कट उत्पन्न नहुने बिज्ञप्ति सार्बजानिक गरिसकेकाे छ , तत्काललाई खासै समस्या उत्पन्न भएकाे छैन।

–परदेशबाटै भए पनि देशको राजनीतिलाई नियालिरहनु भएको छ ! आज ४० औ प्रधानमन्त्रीमा देउवाको आगमनलाई कसरी लिनु हुन्छ ?

>>नेपाली काङ्ग्रेसका सभापति देउवा देशकाे ४० अाै प्रधानमन्त्रि मा अाफ्नाे नाम दर्ज गराउनु भयाे अासा त केही परिबर्तन काे सुरुवात भए हुन्थ्यो भन्ने नै हुन्छ यद्दपि देशले ४० अाेटा प्रधानमन्त्रि पाई सक्दा समेत देशकाे हैसियत अालु दाेकान जति नहुदा दु:ख लाग्दाे रहेछ। नियमित प्रकिया हाे काङ्ग्रेस एमाले र माअाैबादीले चलाईरहेकाे सिन्डिकेटकाे राजनिति उहाँ मात्र हैन लाेकतान्त्रिक गणतन्त्र पछिका जाे-काेहि प्रधानमन्त्रिले त्याे देश र देशका सामाजिक अार्थिक र राजनैतिक ब्याबस्थालाई बलात्कार गर्नु सिबाय केही हुने छैन ९ महिना मुस्किलले सिंहदरबारमा अासन ग्रहण गर्नुहुन्छ ९ महिना पछि पुर्व सहमति पालनाका सबाल अाउछन्, अाउने जाने निरन्तर प्रकिया भनाै नेपालमा जाे काेहि अाएपनि जाेड्ने कुरै भएनन् ताेड्ने फाेड्ने भत्काउने अाफ्नाे कार्यकालमा स-साना कामकाे सुरुवात गर्नुकाे सट्टा सैद्दान्तिक अफबाह फैलाउने अाईएनजिअाेले पहिले नै तयार पारेको नीति तथा कार्यक्रम हुन्छन सकेसम्म त्यहि नीति लागू गर्न प्रयास गर्ने अाजसम्म देखिएकाे यहि हाे प्रधानमन्त्रिकाे परिबर्तन।

-देउवाले संबिधान संशोधन गर्छु भनेर प्रतिज्ञा नै गरेका छन् ? के यो सम्भब देख्नुहुन्छ ?

>> मुख्य कुरा दलहरुमा जुन सतहि रुपमा बिबाद छ त्याे देश परिबर्तनका लागि या नागरिककाे भाबना प्रतिकाे सम्मानले हुँदै होइन, जुन बिबाद छ त्याे,सत्ता शक्ति र अर्थकाे बिबाद हाे। संविधान संशोधनकाे बिषय जाे छ, त्याे एमालेले निश्चित रुपमा बिरोध कहाँ टुङ्गिने यसै भन्न सकिने अबस्था रहेन। संशोधन त्याे दिल्लिकाे प्रभाब अलि बढी पर्न सक्छ, प्रभाब अभाब र दबाब काे प्रयाेग चाहिँ निस्चित रुपमा भिन्न हुने नै भयाे , भावना प्रतिकाे उत्सुकताले हुँदै होइन।

– एमालेले उठाएको राष्ट्रबादी धारले नेपाललाई एक गराउन के -कस्तो सहयोगी भूमिका खेलेको देख्नु हुन्छ ?

>> गजब प्रश्न ! हामी एउटा कुरा के क्लियर हुन जरुरि छ भने नेपालमा अाजसम्म नत राष्ट्रबाद नै छ नत राष्ट्रबादीहरु नै छन त्याे एउटा समूह छ जुन समय भारत बिराेधी लहड मच्याउछ साेहि समूह र भारतसङ्ग बडाे चलाखिपुर्बक संयाेजन मिलाउन एमाले सफल भएकाे हाे पछिल्लाे समयमा एमालेकाे राष्ट्राबाद अझै सङ्कास्पद छ।

-तर नेपालको राजनीतिमा एमाले अधक्ष्यले उठाएको सबै एजेन्डाले विजय प्राप्त गरेको बिषयलाई नजर अन्दाज गर्न मिल्ला र ? लोकमान देखि सुशिला कार्की हुदै संबिधान संसोधनसम्म सबै एमालेकै अडानले जितेको देखिन्छ !

ओलीको एजेण्डाले बिजय प्राप्त गरिसक्याै भन्न मिल्दैन | मुख्य कुरा पछिल्लाे समयमा देशका तीन निकाय कार्यपालिका ,ब्यबस्थापिका र न्यायपालिका अति चरम बिबादास्पद उत्सर्गमा छन्, सायद याे लम्बिन पनि सक्छ र अन्त्यमा जटिल अबस्था उत्पन्न भईदिन सक्छ।

अाेलिकाे रास्ट्रबादकाे सवालमा सङ्का गर्नुपर्ने ठाउँ प्रसस्तै छन यद्दपि हामी वास्तविक परिबर्तन हैन सपनाकाे अघाेर भण्डारमा पुरै जीवन समर्पित गरिदिन्छाै र हामी नेपाली अलि भावुक पनि छाै जनयुद्द काे राग र ताप बाट भर्खरै शान्तिपुर्ण राजनितिमा हाेमिएकाे माअाैबादीले सिङ्गापुर र स्विजरल्याण्डका सपनाले पुरिदियाे पत्याइदियाै। अाेलिजिको कुरै नगराै उहाले जुम्राे लाई हात्ती दाबि गरेपनि पत्याइदिनु पर्ने अबस्था छ।

अाेलीजी मा एउटा घमण्ड छ अाफु र अाफ्ना सपना सङ्ग सहमत नहुने सबै देशद्राेहि !

बार्गेनिङका लागि हाम्रै भुमि मधेस गतिलाे अाैजार बनिरहेकाे छ। अा-अाफ्नाे स्वार्थ्यका लागि मधेस देखाईहाल्ने उचाल्ने पछार्ने संसारै उल्टाउने गरि गफ हाक्ने काम गर्ने समयमा चाहिँ सधै अाफु दिल्लिकाे सिपाही भएकाे जनाउ दिने अाेलिले अाफुलाइ अब्बल दर्जाकाे भारत बिराेधी देखाउनुहुन्छ।

माथिकाे कारण याे हैन कि अाेलि बाहेक देउवा र प्रचण्ड लगायतका एजेण्डा सहि छन यसकाे मतलब नेपालमा जति पनि राजनितिकाे केन्द्र बिन्दुमा देखिने दल छन ती पुर्ण रुपमा असफल भइसकेका छन।

– सबै नेताहरु असफल भए ,सबैले उठाएको एजेन्डा गलत हो भने देशको निकाश चाहिँ के हुन् सक्ला तपाइको बिचारमा ?

>>देशमा जुन अाईएनजिअाेका एजेण्डा बाेकेर साेहि एजेण्डा लागू गर्ने दाउपेच र मान्यतामा दलहरु रहन्छन तबसम्म देश असफल नै रहनेछ नया स्थापित हुँदै गरेका दलहरुले समेत हेक्का राख्नुपर्ने बिषय हाे।

जब दल रुका एजेण्डानै गलत छन भने सफल हुने बिषय पनि हुदैन। कहाबाट अाईदियाे एकाएक जातियता ,धार्मिकता लगायत क्षेत्रियता बिबाद ? कसकाे ईसारामा दल हरु चलिरहेका छन ? जुन हरेक एजेण्डा भनाै या मुद्दा नेपाल र नेपाली बिरुद्द छन कुनै पनि देशकाे राजनिति ले धर्म भाषा , लिङ्ग क्षेत्र लगायत लाई निर्देशित गर्दैन त्यहाकाे भाषा धर्म क्षेत्र लिङ्ग लगायतले राजनितिलाई निर्देशित गर्ने हाे।

तर हाम्राेमा ठिक उल्टाे छ झण्डै ८० % हिन्दु बहुमत भएकाे देशमा धर्मनिरपेक्षता याे पनि कहि हुन्छ ? संसारमा नभएकाे रमिता नेपालमा छ मेराे बिचारमा पृथ्वीनारायण शाहले खडा गरेका मूल्य मान्यताका पर्खालहरु जाे छन ती पिल्लरहरु उठाउन सक्ने एउटा बलियाे शक्तिकाे अाबस्यकता छ।

बिपि र मदनले समेत स्विकार गरिसकेका मान्यता हुन , संबैधानिक राजतन्त्र , बहुदलिय प्रजातान्त्रिक ब्यबस्था र अाधुनिक समाजबादी सिद्दान्त कै माध्यमले देशकाे खाका काेर्न सक्थ्याै यद्दपि राजतन्त्र स्थापित हुदैमा सारा समस्या चुट्किकै भरमा समाधान हुन्छ भन्ने पहि हैन देशकाे अार्थिक सामाजिक र राजनैतिक अबस्था अब हामिले साेचेभन्दा पनि गम्भीर अबस्थामा पुगिसकेकाे छ |

-राजतन्त्र पुन: स्थापना भएर यी समस्या समाधान होलान र ? अब ?

>> दलहरुले कि अाफुलाई परिबर्तन, प्रमाणित गरेर देखाउनु पर्याै, होइन भने तिनिहरुलाई भाेट दिईरहन, सत्तामा पुर्यायर देश बिरुद्द दलाली गरिरहन हामीले ठेक्का लिएकाे त अबस्य होइन भने, अर्काे तर्फ दलहरुले गर्ने पटक-पटककाे रास्ट्रघात ,अर्काे तर्फ जे-जस्ताेसुकै व्याख्या विश्लेषण गरिएपनि नेपालमा तत्कालै कुनै नयाँ शक्ति स्थापित हुने सम्भाबना अत्यन्त न्यून छ राजतन्त्रकाे सवालमा राजतन्त्र स्थापित हुन्छ हुनै पर्छ भन्ने मान्यता हाेइन।

राजतन्त्र स्थापित भएर सारा समस्याकाे समाधान चुट्किकै भरमा समाधान हुनेछन भन्ने पनि हाेइन यद्दपि पछिल्लाे समयकाे माग त राजतन्त्र हाे नकार्न सकिँदैन र देश बिरुद्द यसरी चर्काे प्रहार भएकाे पनि राजतन्त्रकाे अन्त्य पछि थियाे मुख्य बिषय राजतन्त्रकाे अन्त्य कहाबाट कसकाे ईसारामा गरियाे त्याे नेपाल बिरुद्द बिष बमन गर्न कै लागि रहेछ जुन दलहरु प्रमाणित गरिसके र देशकाे राजनैतिक घटनाक्रमले राजा त हामीलाई भन्दा धेरै देशलाई अाबस्यकता छ नि।

– तर राजतन्त्र फर्केर आउने कुनै आधार नै देखिदैन ? कसरी काल्पनिकतामा बिश्वास गरेर देशको समस्या समाधान होला र ?

>> अाधार स्तम्भ निर्माण गर्ने हाे निर्माण नभई सतहमा देखिने हैन। तर बारम्बार दलहरुकाे रास्ट्रघात टुलुटुलु चियाईरहने दलले देखाएका सैद्दान्तिक सपनाकाे स्वणिम सागरमा डुवुल्कि मार्न पनि सकिने स्थिति छैन। यात दलहरुले हाफुलाई प्रमाणित गर्नुपर्याै या देश जसकाे थियाे उसलाइ फिर्ता गर्नु पर्याै |

बेलाबेला पुर्वराजा ज्ञानेन्द्रलाई सुन्न सकिन्छ कि बारम्वार उहाले एउटै शब्द दाेहाेर्याइ,रहनुहुन्छ दलहरुले सहमति पालना गरेनन्, सहमति पक्का केही हाेला , त्याे कसैले फर्काउन चाहादैमा फर्किएर अाईहाल्ने हैन त्याे!त्यो स्थिति स्वयं दलहरुले निर्माण गरिरहेका छन।

– सधै रेमिटेन्स पठाएर देशलाई परनिर्भर मात्रै बनाउने कि तपाईहरु जस्तो युवाहरु पनि केहि योजना बनाएर देश फर्किने हो ?

>>हाम्रा पनि कमि कमजाेरि छन यद्दपि थुप्रै साथिहरु मुलुकमा नै केही गर्ने मनासायले नफर्कियका पनि हैननन्, तर अबस्था र स्थिति सधै राजनितितिरै फर्कने गर्छ |
(पानाखबर बाट)

प्रकाशित मिति :२६ जेष्ठ २०७४

Leave a Reply